एजेन्सी । नवजोतसिंह सिद्धुले भारतीय कंग्रेसको पन्जाब कमिटी अध्यक्षको पदबाट राजीनामा दिएका छन् ।
बिबिसी हिन्दीका अनुसार उनले मंगलबार कंग्रेस आईकी अध्यक्ष इन्दिरा गान्धीलाई राजीनामा पत्र बुझाएका हुन् ।
यद्यपि अध्यक्षबाट राजीनामा दिएपनि आफू पार्टीको सेवामा रहिरहने सिद्धुले जनाएका छन् ।
सिद्धुले राजीनामा पत्रमा भनेका छन्, ‘सम्झौताका कारण मानिसको विवेकको पतन हुन्छ। म पन्जाबको भविष्य र पन्जाबीको हितका लागि कहिल्यै पनि सम्झौता गर्न सक्दिनँ। यही कारणले म पन्जाब प्रदेश कंग्रेस कमिटीको अध्यक्षबाट राजीनामा दिन्छु। म कंग्रेसको सेवा गरिरहने छु ।’