२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएलः दिल्लीले कोलकातालाई दियो १२८ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीचको खेल जारी छ । 

दुबईको सारझा क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले कोलकाता नाइट राइडर्सलाई १२८ रनको लक्ष्य दिएको छ । 

दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनायो । 

दिल्लीका लागि कप्तान रिषव पन्तले सर्वाधिक ३९ रन जोडे । त्यस्तै स्टिभ स्मिथले ३९ रन बनाउँदा शिखर धवनले २४ रन बनाए । 

बलिङतर्फ कोलकाताका लागि सुनिल नारायण, लकि फग्र्युसन,  र भेन्कटेस एैरले समान दुई–दुई विकेट लिए भने टिम सउदीले एक विकेट लिए । 

ब्याटिङ गरिरहेको कोलकता अहिलेको स्थितीमा ४.४ ओभरमा १ विकेटको क्षतिमा ३४ रन जोडेको छ । कोलकताका भेन्कटेस एैर १५ बलमा १४ रन बनाउँदै आउट भएका छन् । उनलाई दिल्लीका ललित यादवले आउट पार्दै पेभिलियन फर्काए ।