१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवासंघका यी नेताहरुले दिए सामूहिक राजीनामा



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघका नेताहरुले सामुहिक राजिनामा दिएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै युवा संघका ५ नेताले पदबाट राजीनामाको घोषणा गरेका हुन्। 

राजीनामा दिनेमा युवा संघ स्थायी कमिटी सदस्य राकेश राज गिरि, नरेश साह तुरहा, निवेश कुमार, केन्द्रीय सदस्यद्वय विरबल कुश्वाहा र सञ्जय यादव रहेका छन् ।

उनिहरुले जारी विज्ञप्तिमा आफूहरुले प्रतिनिधित्व गर्ने प्रदेश २ मा नेताहरुले विचार र विधिविहीन हुकुमी शैलीमा पार्टीलाई लगेको आरोप लगाउँदा संगठनलाई यस्तो अवस्थामा कुनै किसिमको सहयोग गर्न नसकिने स्पष्ट गरेका छन् ।