१७ असार २०८३, बुधबार
,
Latest
हवाई इन्धन सस्तो भएसँगै आन्तरिक उडानको भाडा घट्यो, नयाँ दर आजैदेखि लागू राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँः मन्त्री पौडेल १०० दिनमा उद्योग मन्त्रालयका उपलब्धि सार्वजनिक, प्रधानमन्त्री कार्यालयमा प्रगति विवरण पेस ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा, लगइन नगरि सेकेन्डभरमै… ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्न मिल्ने सुविधा नेपाल कानुन समाजका लेखा प्रमुख गणेशमान प्रधानलाई पत्नी शोक शान्ति बाटिकामा रहेका संरचना तत्काल हटाउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनताको विश्वास लिएर मात्रै एमसीसीको विषय अघि बढाउनुपर्छ’



अ+ अ-

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले एमसीसीका विषयमा जनताको विश्वास लिएर मात्र अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, “एमसीसीको विषयमा जनतामा भ्रम छ त्यसलाई चिरेर मात्र अगाडि बढ्नुपर्छ ।” 

राष्ट्रियताको विषयमा देखिएका विवाद पुनरावलोकन गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, “देशको विकासका लागि आउने बजेट हो । जनताको मन जितेर राष्ट्रियताको विषयमा देखिएको विवाद समाधान गर्दै अघि बढ्नुपर्छ ।”

नेता केसीले १४औँ महाधिवेशनका क्रममा संस्थापन इतरको समूहबाट एउटा मात्रै उम्मेदवार बन्नुपर्ने जोड दिनुभयो । एउटा मात्रै उम्मेदवार नभए आफू पनि सभापतिको उम्मेदवार बन्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “पार्टीलाई विधिसम्मत चलाउनका लागि संस्थापन इतरको एक जना मात्र सभापतिको उम्मेदवार बन्नुपर्छ ।” अहिले पार्टीभित्र व्यक्तिवाद हावी गर्न खोजिएको उहाँको आरोप थियो ।




भर्खरै