५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आईपीएल प्रिभ्युः लगातार पाँच खेल हारेको कोलकाता राजस्थानविरुद्ध जितको खोजीमा

आईपीएल प्रिभ्युः लगातार पाँच खेल हारेको कोलकाता राजस्थानविरुद्ध जितको खोजीमा
अ+ अ-

एजेन्सी । आईपीएल २०२२ को ४७ औँ खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सको सामना गर्दैछ । शीर्ष क्रममा बारम्बार परिवर्तनको प्रतिकूल प्रभावको सामना गरिरहेको कोलकाताले सही प्लेइङ–११ छनोट गर्दै आईपीएलमा सोमबार राजस्थानविरुद्धको पाँच खेलको हारको सिलसिला तोड्ने प्रयास गर्नेछ । वेंकटेश अय्यरको खराब फार्मले केकेआरलाई शीर्ष क्रममा बारम्बार परिवर्तन गर्न बाध्य तुल्याएपनि कुनै फाइदा हुन सकेन ।

केकेआरले अय्यरलाई मध्यक्रममा राखेर प्रयास गर्यो तर त्यसले पनि काम गरेन । लगातार पाँच हारले केकेआरका लागि प्लेअफको बाटो कठिन भएको छ । उसले अहिले केही प्लेइङ इलेवनलाई फिक्स गर्न आवश्यक छ ।

कोलकाता नाइट राईडर्स
केकेआरका कप्तान श्रेयस अय्यरले अन्तिम खेलपछि खेलाडी पनि घाइते भएकाले सही संयोजन बनाउन गाह्रो भइरहेको बताएका थिए । श्रेयसले अहिलेसम्म ३६.२५ को औसतमा २९० रन बनाएका छन्, तर अर्कोतर्फबाट उनलाई समर्थन भने छैन । कप्तानको रूपमा श्रेयसले अपेक्षाहरू बढाएका छन्, तर उनले आफ्ना सहकर्मीहरूलाई पनि प्रेरित गर्नुपर्छ । वेंकटेशसँगै लिलामीअघि टिममा राखिएका वरुण चक्रवर्तीले पनि निराशाजनक प्रदर्शन गरेका छन् ।

कोलकाता सम्भावित प्लेइङ–११ः
आरोन फिन्च, वेंकटेश अय्यर, श्रेयस अय्यर (कप्तान), नितिश राणा, बाबा इन्दरजीत (विकेटकिपर), रिंकु सिंह, आन्द्रे रसेल, सुनिल नारायण, उमेश यादव, टिम साउथी, हर्षित राणा

राजस्थान रोयल्स
कोलकाताका टिम साउथी, उमेश यादव र सुनिल नारायणले बलिङमा प्रभावशाली प्रदर्शन गरेका छन् । तर फर्ममा रहेका जोस बटलरको ब्याटलाई रोक्न यी बलरहरुलाई चुनौति हुनेछ । राजस्थान बटलरमा धेरै निर्भर छ । उनको ७०.७५ को औसतमा ५६६ रनले टोलीलाई शीर्ष चारमा राखेको छ । इङ्ल्यान्डका ब्याट्सम्यान बटलरले हरेक खेलमा ठूलो स्कोर गर्ने अपेक्षा गर्न नसकिने भएकाले कप्तान सञ्जु सामसनले आफ्नो प्रदर्शनमा निरन्तरता देखाउनुपर्छ ।

राजस्थानको बलियो पक्ष बलिङ हो । युजवेन्द्र चहलले यो सिजन अहिलेसम्म १३.६८ को औसतमा १९ विकेट लिएका छन् र बलरको सूचीमा सबैभन्दा अगाडि छन् । उनी बाहेक राजस्थानसँग रविचन्द्रन अश्विन, ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णा जस्ता बलर छन् ।

राजस्थान सम्भावित प्लेइङ – ११ः
जोस बटलर, देवदत्त पडिक्कल, सञ्जु सैमसन (कप्तान र विकेटकीपर), डेरिल मिचेल, शिमरोन हेटमायर, रियान पराग, रविचन्द्रन अश्विन, ट्रेन्ट बोल्ट, प्रनन्देश कृष्ण, युजवेन्द्र चहल, कुलदीप सेन ।