१ आश्विन २०८३, बिहीबार
,
Latest
सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही भोटे कोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कनिष्ठलाई एआईजीपी बनाएको भन्दै पोखरेल र थापा सर्वोच्चमा



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा आफूहरुभन्दा कनिष्ठ अतिरिक्त महानिरीक्षक (एआईजीपी) लाई नियुक्त गर्ने सरकारको निर्णय बदरको मागसहित वरिष्ठ अतिरिक्त महानिरीक्षकद्वय विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत गएका छन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले पोखरेल र सहकुल थापाभन्दा १६ महिना कनिष्ठ अतिरिक्त महानिरीक्षक धीरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेको थियो । नवनियुक्त आईजीपी सिंहले सोमबार बिहानै आईजीपीको दर्ज्यानी चिह्नसमेत लगाइसकेका छन् ।

सरकारले वरियता मिचेर कनिष्ठलाई आईजीपी बनाएको भन्दै पोखरेल र थापाले अदालत जाने बताएका थिए ।