५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

दर्ज्यानी चिह्न लगाएपछि सशस्त्र प्रहरी महानिरीक्षक अर्याल यस्तो गरे प्रतिबद्धता (भिडियोसहित)

दर्ज्यानी चिह्न लगाएपछि सशस्त्र प्रहरी महानिरीक्षक अर्याल यस्तो गरे प्रतिबद्धता (भिडियोसहित)
सशस्त्र प्रहरी महानिरीक्षक अर्याललाई दज्र्यानी चिन्ह प्रदान (काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई गृह मन्त्रालयद्वारा सोमबार सिंहदरबारमा आयोजित दज्र्यानी चिन्ह सुशोभन कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले दज्र्यानी चिन्ह प्रदान गर्दै । तस्वीरः रोशन सापकोटा/रासस)
अ+ अ-

काठमाडौं । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न लगाउनु भएको छ । गृहमन्त्रालयमा सोमबार गृहसचिव टेकनारायण पाण्डेले उहाँलाई सशस्त्र प्प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो । दर्ज्यानी चिह्न लगाएपछि सञ्चारकर्मीहरुसँग बोल्दै नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आसन्न स्थानीय तहको निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण, मर्यादित तथा विश्वसनीय ढंगले सम्पन्न गर्न सशस्त्र प्रहरी बलले काम शुरु गरिसकेको बताउनु भयो ।

उहाँले अहिलेको प्राथमिकता भनेकै स्थानीय तहको निर्वाचन भएकोले निर्वाचनको सुरक्षा र निष्पक्षताका लागि सशस्त्र प्रहरी बल तयार रहेको बताउनु भयो । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले निकट भविष्यमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि समेत आवश्यक तयारीहरु गर्दै निर्वाचनको सुरक्षा जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरी बल नेपाल तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, हाम्रो सम्मुखमा रहेको स्थानीय तह निर्वाचन २०७९ लाई स्वच्छ, शान्तिपूर्ण, मर्यादित तथा विश्वसनीय ढंगले सम्पन्न गर्न सशस्त्र प्रहरी बल नेपाल ७५३ वटै स्थानीय तहमा खटिसकेको छ । हालको प्राथमिकता माथिको प्राथमिकता स्थानीय निर्वाचन हो । निर्वाचनको सुरक्षा र निष्पक्षताका लागि सिमितताको बीच असिमितताको प्रदान गर्नु नै नेतृत्वको मुख्य गुण हो ।

निर्वाचनलाई सफल ढंगले सम्पन्न गर्न सशस्त्र प्रहरी बल नेपालले सम्बन्ध सबै पक्षहरुसँग समन्वय गर्दै त्रुटीहीत तवरले कार्यसम्पादन गर्ने प्रतिवद्धता जाहेर गर्न चाहन्छु । साथै निकट भविष्यमा हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि समेत आवश्यक तयारीहरु गर्दै निर्वाचनको सुरक्षा जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरी बल नेपाल तयार रहेको कुरा उल्लेख गर्दछु ।’

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आफ्नो कमाण्डमा नीतिगत सुधार अन्तर्गत सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवम् पूर्वानुमान योग्य बनाउन र पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गरिने बताउनु भयो । उहाँले हाल भएका कार्यविधिहरु र विभिन्न नयाँ कार्यविधिहरु निर्माण गरी व्यक्तिले नभइ नीतिले संगठन चलाउने पद्धतिको शुरुवात गरिने प्रतिवद्धता जनाउनु भयो ।

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संस्थागत सुधार अन्तर्गत सशस्त्र प्रहरी बल नेपालको कमाण्ड, आचरण पालना, अनुगमन मूल्यांकन, पुरस्कार तथा दण्ड, भ्रष्टाचार एवं लैङ्गिक हिंसा लगायतका विषयहरुलाई नीति, नियम र कार्यविधिद्वारा नियमन गर्ने बताउनु भयो । उहाँले आर्थिक पारदर्शीतालाई आफ्नो पहिलो प्राथमिकता बनाएर राजश्व संकलनमा अभिवृद्धि र चोरी, तस्करी नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताउनु भयो ।

उहाँले भन्नु भयो, सशस्त्र प्रहरी बल नेपालको सांगठनिक सुदृढीकरण र विकासका लागि मेरो कमाण्ड अवधारणाअनुरुप नीतिगत, संस्थागत र संरचनागत विषयहरुमा रणनीतिक योजना र कार्ययोजनाको खाका तयार पारेको छु । यसको कार्यान्वयको दौरान गुहमन्त्रालयबाट आवश्यक सुझाव, निर्देशन, सहयोग एवं समन्वयको अपेक्षा राख्दछु । नीतिगत सुधार अन्तर्गत सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवं पूर्वानुमान योग्य बनाउन र पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गरिनेछ । हाल भएका कार्यविधिहरु र विभिन्न नयाँ कार्यविधिहरु निर्माण गरी व्यक्तिले नभइ नीतिले संगठन चलाउने पद्धतिको शुरुवात गरिनेछ ।

संस्थागत सुधार अन्तर्गत सशस्त्र प्रहरी बल नेपालको कमाण्ड, आचरण पालना, अनुगमन मूल्यांकन, पुरस्कार तथा दण्ड, भ्रष्टाचार एवं लैङ्गिक हिंसा लगायतका विषयहरुलाई नीति, नियम र कार्यविधिद्वारा नियमन गर्नेछु । संगठनको इन्स्टीट्युसनल मेमरीलाई प्रविधियुक्त बनाइने र बिदा प्रणालीलाई डिजिटलाइज सिस्टममा लगिनेछ । आर्थिक पारदर्शीता, मेरो प्राथमिकता रहेको छ । राजश्व संकलनमा अभिवृद्धि र चोरी तस्करी डेटालाई प्रभावकारी बनाउनु प्रमुख उद्देश्य हुनेछ ।

वर्क लाइक क्लाइरी एण्ड ब्यालेन्स अन्तर्गत विद्यालयको शैक्षिक क्यालेण्डर अनुरुप जुनियर अधिकृत तथा अन्य दर्जाका कर्मचारीहरुको सरुवा साथै स्टाफ कलेज लगायत अनविार्य तालिममा सहभागी हुनेहरुको वार्षिक सूचि प्रकाशित गर्ने र प्रत्येक वर्ष सरुवा हुनसक्ने कर्मचारीको ट्रान्सफर फरकास्ट प्रकाशित गर्ने योजना रहेको छ । यस प्रणालीको शुरुवातसँगै सरुवामा आउने गरेको अनावश्यक दबावको समेत अन्त्य हुने विश्वास लिएको छु । गस्ती र सीमा सुरक्षा सुदृढ पार्न सीमा विकास कार्यक्रम अन्तर्गत सीमा निगरानी बहुउद्देशीय सडक निर्माण गर्नुपर्छ भन्ने कन्सेप्टलाई मन्त्रालयमार्फत नेपाल सरकारसँग यसै अवसरमा जाहेर गर्न चाहन्छु । सीमा सुरक्षा सम्बन्धी घटना तथा जानकारी समयमै प्रतिवेदन गर्न र कार्यान्वयनमा लैजान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा २४ सै घण्टा रहनेगरि सीमा सुरक्षा डेस्क छुट्टै स्थापना गरिनेछ ।’

नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले प्रत्येक वर्ष सरुवा हुनसक्ने कर्मचारीको ट्रान्सफर फरकास्ट प्रकाशित गर्ने र सरुवामा आउने गरेका अनावश्यक दबावलाई अन्त्य गर्ने बताउनु भयो । उहाँले गस्ती र सीमा सुरक्षा सुदृढ पार्न सीमा विकास कार्यक्रम अन्तर्गत सीमा निगरानी बहुउद्देशीय सडक निर्माण गर्नुपर्नेमा मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो ।

अर्यालले सीमा सुरक्षा सम्बन्धी घटना तथा जानकारी समयमै प्रतिवेदन गर्न र कार्यान्वयनमा लैजान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा २४ सै घण्टा रहनेगरि सीमा सुरक्षा डेस्क छुट्टै स्थापना गरिने पनि जानकारी दिनुभयो ।