१० भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन डेभेलपमेन्ट बैंकको ‘लिडिङ्ग पार्टनर बैंक’ को उपाधि लक्ष्मी बैंकलाई



अ+ अ-

काठमाडौं । एसियन डेभेलपमेन्ट बैंकले २०२१ को लिडिङ्ग पार्टनर बैंकको उपाधिबाट लक्ष्मी बैंकलाई सम्मानित गरेको छ । लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गर्न सफल भएको हो । सो उपाधि एडिबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजना अन्तर्गत रहेको छ जसमा एडिबीसँगको सहकार्यमा सबैभन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ । 

एडिबीले सो उपाधिहरु जुलाई १, २०२० देखी जुन ३०, २०२१ को अवधी भर गरिएको विभिन्न सहकार्यको आधरमा प्रदान गर्ने गरेको छ र सोही अवधिमा लक्ष्मी बैंकले बिभिन्न साना, मझ्यौला तथा ठुला संस्थाहरुसँग कारोबार गरी सबै भन्दा सकृय साझेदार बैंकको रूपमा प्रस्तुत भएको हो । एडिबीको ‘लिडिङ्ग पार्टनर बैंक’ उपाधिले लक्ष्मी बैंकको व्यापार तथा वित्त, परिचलन क्षमता, वित्तिय स्वास्थ र जोखिम व्यवस्थापान को सुदृधिकारण गर्ने प्रयासहरुलाई अझ सार्थक बनाएको छ ।

हालको कोभिड–१९ को स्थितिका कारण, भर्चुअल गरिएको पुरस्कार समरोहमा सो उपाधि लक्ष्मी बैंकलाई प्रदान गरिएको थियो । सो कार्यक्रममा २०० भन्दा बढी साझेदार बैंकहरु उपस्थित थिए जसमा २५ बैंकहरुलाई २० वटा श्रेणीमा विभिन्न उपाधिहरुद्वारा सम्मानित गरिएको थियो ।