२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझा पार्टीबाट काठमाडौँ मेयर-उपमेयरमा मनोनयन दर्ता



अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीबाट काठमाडौँ महानगरपालिकाको मेयर-उपमेयरमा उम्मेदवारी दर्ता भएको छ । मेयरका लागि सो पार्टीबाट समीक्षा बाँस्कोटा र उपमेयरमा कीर्ति तुलाधरले मनोनयन दर्ता गराउनुभएको हो ।

मेयर पदमा उम्मेदवारी दिएकी समीक्षा विवेकशील साझा बागमती प्रदेशकी पूर्वसंयोजक र हाल पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको सदस्य हुन् । उनी गत निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकी थिइन् ।

त्यस्तै उपमेयरमा उम्मेदवारी दिएकी कीर्ति पार्टीको केन्द्रीय सदस्य हुन् । उनी जेसीजको दक्षिण एसियाबाटै पहिलो महिला उपाध्यक्ष रहेको पार्टीले जनाएको छ ।