२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज मनोनयन दर्ता, गठबन्धनले उम्मेदबार अझै छान्न सकेन



file
अ+ अ-

काठमाडौँ । स्थानीय तह निर्वाचनको आज उम्मेदवारी दर्ता गर्ने दिन । तर सत्तारुढ गठबन्धन भने झन् भन्दा झन् बन्धनमा पर्दै गएको छ । यसबाट नेपाली कांग्रेसलाई सबेभन्दा बढी समस्या उत्पन्न भएको छ । किनभने आजका दिनसम्म पनि कांग्रेसले कहाँ, कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो अहिलेसम्म पनि लगाउन सकेको छैन ।

महानगर र उपमहानगरपालिकामा सत्तारुढ दलहरुले भागबण्डा गरेका छन् । तर तीन तहहरुमा माओवादी र नेकपा एसले उम्मेदबार नै टुंगो लगाएका भए पनि यता कांग्रेसले भने टुंगो लगाउन सकेको छैन ।

कांग्रेसको कार्यसम्पदन समितिको बैठक सरेको सर्यै छ । त्यसो त त्यो बैठक भन्दा अगावै सक्नुपर्ने काम पनि सकिएको छैन । जस्तै महानगर र उपमहानगरपालिकामा टुंगिएको भए पनि देशैभरिका पालिकाहरुमा के कसरी उम्मेदबार छान्ने भन्ने बारेको मोडालिटी अझै पनि टुंगो लागेको छैन ।
यता कांग्रेसको विधान हेर्ने हो भने कुनै पनि चुनावको कम्तीमा पनि महिना दिन अगावै उम्मेदवारको टुंगो लगाइसक्नुपर्छ । तर कांग्रेसले उम्मेदवार छान्ने संसदीय समिति नै बनाएको छैन ।

प्रदेश र जिल्ला र प्रतिनिधि सभा क्षेत्रमा संसदीय समिति बनेका छन् तर केन्द्रीय संसदीय समिति अझै पनि बन्न सकेको छैन । सो समिति गठन नै नगरी केन्द्रीय कार्यसम्पादन समितिबाटै महानगर र उपमहानगरको टिकट दिने तयारीमा सभापति देउवा रहेको बुझिएको छ । कार्यसम्पादन समितिमा सभापति देउवासहित पदाधिकारी र शीर्ष नेता छन् ।

अहिलेको सत्ता साझेदार दलहरुको गठबन्धनलाई स्थानीय चुनावसम्मै लैजाने निर्णय कांग्रेसले गरेको छ । त्यसको दरिलो पक्षधर पार्टी सभापति देउवा नै हुन् । स्थानीय आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल गर्ने चैत १५ को केन्द्रीय समितिको निर्णय भए पनि गठबन्धनबाट छ महानगर र ११ उपमहानगरमा तालमेल सहमति भएको थियो । तर त्यसमा पनि संख्यामा मात्र सहमति भएकाले यता व्यक्ति छान्न कांग्रेसले सकेको छैन ।

गठबन्धनको सहमति अनुसार कांग्रेसले छमध्ये तीन महानगरमा मेयर उठाउँदैछ । काठमाडौं, ललितपुर र विराटनगरमा कांग्रेसले मेयर उठाउन पाउने छ । तर त्यहाँ पनि अहिलेसम्म उम्मेदवार टुंग्याउन सकेको छैन ।

यस्तै उपमेयरमा पोखरा, भरतपुर र वीरगञ्जमा कांग्रेसले उम्मेदवारी दिने सहमति बने पनि कुनै पनि स्थानको उम्मेदवार टुंगिएको छैन । आकांक्षी धेरै र देउवा तथा शेखर कोइराला पक्षबीचको गुट विवादले गर्दा उम्मेदवारी टुंगो लाग्न सकस परेको छ ।

उता ११ उपमहानगरमध्ये कांग्रेसले सात स्थानमा मेयर उठाउँदैछ । धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीमा मेयर उठाउने कांग्रेसको तयारी छ । तर उपमहानगरहरुमा पनि कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।