२४ भाद्र २०८३, बुधबार
,
Latest
नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ज्येष्ठ नागरिक अनुभवका खानी’



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ज्येष्ठ नागरिक अनुभवका खानी भएको बताउनुभएको छ । उहाँले ३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै जीवनको लामो कालखण्डमा आरोह–अवरोह पार गर्दै सीप, अनुभव र ज्ञान आर्जन गर्नुभएका बुवाआमाको सम्मान गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, “ज्येष्ठ नागरिकका अनुभव राष्ट्र निर्माणका लागि अत्यन्तै अनुकरणीय हुन्छ, ज्येष्ठ नागरिकको हकहित संरक्षण र संवद्र्धन गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि प्रदेश सरकार सदा तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्दछु ।” त्यसैगरी सन्देशमा ज्येष्ठ नागरिकको जीवनलाई सहज र प्रभावकारी बनाउन सामाजिक सुरक्षा भत्ताका साथै सरकारले ज्येष्ठ नागरिक बिमा कार्यक्रम पनि सञ्चालन गर्दै आएको उल्लेख छ ।

वृद्धाश्रम बनाएर होइन, ज्येष्ठ नागरिकको सम्मान र व्यवस्थापन सन्तानले नै गर्नुपर्दछ भन्ने सामाजिक मान्यतलाई यथार्थमा बदल्न सके मात्र आमाबुवाप्रतिको दायित्व पूरा हुने सन्देशमा उल्लेख छ ।  ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई प्रभावकारी र जीवनोपयोगी बनाई थप सुदृढ गर्दै लैजान सरोकारवालाको ध्यानाकर्षणसमेत गराइएको छ । मुख्यमन्त्री पोखरेलले ज्येष्ठ नागरिकको सुखमय र जीवनलाई सम्मानित बनाउन अपिल गर्नुभएको छ ।