२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक कार्यमा पनि अग्रसर नायिका सुरक्षा पन्त, लुम्बिनी गार्डेन प्रोजेक्ट बारे राष्ट्रपतिसँग छलफल



अ+ अ-

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र जगतमा आफ्नो फरक किसिमको अभिनयबाट निकै चर्चामा आएकी अभिनेत्री सुरक्षा पन्त फिल्मसँगै सामाजिक कार्यमा पनि उत्तीकै अग्रसर छिन् । उनी पेशाले इन्जिनियर पनि हुन् । कामकै शिलशिलामा उनी लगायतका लुम्बिनी गार्डेन फाउन्डेसनका पदाधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । यो सामाजिक संस्थाले १० अर्ब लागतमा स्पेनको एक्सत्रेमादुरामा लुम्बिनी बगैंचा निर्माण गर्दैछ । 

योही योजनाबारे जानकारी दिलाउन अभिनेत्री सुरक्षासहितका फाउन्डेसनका पदाधिकारीले शीतल निवासमा आयोजित भेटमा राष्ट्रपतिसमक्ष फाउन्डेसनको योजनाबारे जानकारी गराएका हुन् ।

भेटमा राष्ट्रपति भण्डारीले पनि लुम्बिनी गार्डेन निर्माणबारे चासो समेत गरेको बताईएको छ । राष्ट्रपतिसँग भेटपछि सुरक्षाले समाजिक सञ्जालमा तस्बिरहरु सार्वजनिक गर्दै ''हाम्रा कुराहरुलाई विशेष महत्व दिएर चासोका साथ ग्रहण गर्दै थप सकारात्मक उर्जा प्रदान गर्नु भएकोमा सम्माननीय राष्ट्रपति ज्यु प्रति हार्दिक आभार प्रकट गर्दछौं।'' भनेकी छिन् । 

सुरक्षाले यसैमहीना ‘ग्रीन बर्ड’ नामक फिल्ममा काम गरेकी छिन् ।