१२ फाल्गुन २०८१, सोमबार
February 24, 2025 Monday
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जको मेयरका लागि कांग्रेसबाट १४ जना आकांक्षी



अ+ अ-

काठमाडौं । नेपालगञ्ज उप–महानगरपालिकाको मेयरको उम्मेदवारका लागि नेपाली कांग्रेसबाट १४ जनाले इच्छा व्यक्त गरेका छन् ।

मेयरमा आकांक्षी धेरै भएपछि कांग्रेसको उपमहानगरपालिका समितिले सबै १४ जनाको नाम प्रदेश निर्वाचन क्षेत्रस्तरीय समितिलाई सिफारिस गरेको हो ।

मेयरको उम्मेदवारका लगि निरञ्जन सिंह सिजापति, रमेशकुमार गुप्ता, प्रशान्त विष्ट, उमा थापा मगर, सुनील राणा, डा. सुरेशकुमार कनोडिया, माया पुन, अजितकुमार शर्मा, रवीन्द्रमान श्रेष्ठ, वीरेन्द्रबहादुर शाह,अच्युतप्रसाद प्रसाईं, ललित रौनियार, मो. कादिर जोलाहा र दिवाकर खनालको नाम मेयरको उम्मेदवारका लागि सिफारिस भएको छ ।