६ श्रावण २०८३, बुधबार
,
Latest
काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस औषधि लिमिटेड पुगेर मन्त्री गौरिकुमारी यादवको अनुगमन, सवारीसाधन र कर्मचारी अभाव तत्काल समाधान गर्न निर्देशन होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

६१ प्रतिशतले बढ्यो कृषि बिमा



अ+ अ-

काठमाडौं । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १७ प्रतिशतले बढेको कृषि बिमा गत आव २०७७/७८ मा ६१ प्रतिशतले बढेको छ । कोरोना महामारीको पहिलो लहरका कारण बिमा गतिविधि सुस्ताएकाले अघिल्लो आवमा कृषि बिमा विस्तारमा कमी आएको थियो ।

कोरोनाको दोस्रो लहरको जोखिमकै बीच गत आवमा भने बिमा गतिविधि रोकिएन । जसका कारण कृषि बिमा गर्नेको संख्या बढेको हो । बिमा समितिका अनुसार गत आवमा कृषि बिमा (कृषि र पशुपन्छी) मार्फत १ अर्ब ९० करोड २२ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ । अघिल्लो आवको तुलनामा यो करिब ६१ प्रतिशतले बढी हो ।

अघिल्लो आवमा कृषि बिमामार्फत १ अर्ब १८ करोड १६ लाख रुपैयाँ मात्रै संकलन भएको थियो । गत आवमा ४२ अर्ब ४९ करोड रुपैयाँ बराबरको कृषि बिमा भएको छ । अघिल्लो आवको तुलनामा यो पनि ६१ प्रतिशतकै वृद्धि हो । २०७६/७७ मा २६ अर्ब ३८ करोड रुपैयाँ बराबरको कृषि बिमा भएको समितिले जनाएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।