३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुन अझै सक्रिय



अ+ अ-

काठमाडौं । यस वर्ष मनसुनको समयावधि सकिए पनि मनसुन भने बाहिरिएको छैन । अक्टोबर २ सम्म मनसुन बाहिरिने भए पनि नेपालमा मनसुनको प्रभाव अझै कामय रहेको छ ।

अझै केही समय मनसुन कायम रहने सम्भावना प्रवल रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले यसै वर्षदेखि मनसुन बाहिरिने मिति अद्यावधिक हुँदै सेप्टेम्बर २३ बाट बढेर अक्टोबर २ सम्म तय गरेको होे । यो अवधिको मिति अबको ३० वर्षसम्म कायम रहनेछ । मनसुन सुरु हुने मिति पनि एक दिन पछाडि सरेर जुन १० बाट ११ जुन तय गरिएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार अझै पनि नेपालमा मनसुनको पूर्वीय वायु नै सक्रिय छ । जसका कारण देशका धेरै भू–भागमा बदलीसहित वर्षा भइरहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मनसुन बाहिरिनका लागि पश्चिमी वायु सक्रिय हुनुपर्छ, न्यूनचापीय रेखा बन्न र जलवाष्पको आवतजावतमा कमी आउनुपर्छ । तर, अहिलेसम्म त्यसो हुन सकेको छैन । ” पश्चिमी वायुको गतिले पूर्वीय वायु विस्थापित गरेर आकाशमा पश्चिमी वायुको प्रभाव बढेपछि मात्र मनसुन नेपाल बाहिरिने मौसमी प्रवृत्ति रहँदै आएको छ ।

त्यसो नभएकै कारण यस वर्ष मनसुनी अवधि थप लम्बिने सम्भावना बढेको जानकारी उहाँले दिनुभयो । जल तथा मौसम विज्ञान विभागले तय गरेको मनसुनको पाँच महिनाको अवधिमा यो वर्ष १५ प्रतिशत बढी वर्षा भएको थियो । विभागले यस वर्षको मनसुनमा नेपालमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको थियो । त्यस आधारमा धेरै बढी वर्षा नभए पनि १५ प्रतिशत बढी वर्षा भएको जानकारी विभागस्थित जलवायु विश्लेषण शाखाकी प्रमुख इन्दिरा कँडेलले दिनुभयो । उहाँका अनुसार सरदरको हिसाब गर्ने हो भने यो वर्षभन्दा गत वर्ष बढी वर्षा भएको थियो ।

शाखाले निकालेको ८६ वटा वर्षा मापन केन्द्रको विश्लेषण हेर्ने हो भने पनि गत वर्ष ११९ प्रतिशत वर्षा भएको थियो । यो वर्ष जम्मा ११५।५ प्रतिशतमात्र वर्षा भएको देखिएको छ । जसअनुसार मनसुनको तय मितिभित्र एक हजार ६२० मिलिमिटर वर्षा भएको छ ।

असार १ गतेबाट आकासिएको मनसुनी वायु साउन मध्यसम्म उच्च रहेर वर्षा गराएको थियो । त्यसपछि थोरै तल–माथि हुँदै भदौ दोस्रो सातापछि फेरि वर्षाको क्रम आकासिएको थियो । त्यो क्रम भदौ २४ गतेसम्म उच्च दरमा रहेको थियो । त्यसपछि घटबढकै अवस्थामा मनसुनी सक्रियता कायम छ । गत वर्ष मनसुनपछिको अवस्थामा निकै कम वर्षाका रूपमा २५ प्रतिशत वर्षा रेकर्ड भएको थियो ।, समाचर गोरखापत्र दैनिकमा प्रकाशित छ ।