७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी संसद् इमरान खानको प्रतिस्थापन चयन गर्दै



पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ
अ+ अ-

इस्लामाबाद । इमरान खान देशको इतिहासमा अविश्वासको मत गुमाउने पहिलो नेता बनेपछि नयाँ प्रधानमन्त्री चयन गर्नको लागि पाकिस्तानको संसद बैठक बस्न लागेको छ।

एक हप्ता लामो संवैधानिक सङ्कटपछि विपक्षी नेता शहबाज सरिफ प्रधानमन्त्री बन्ने बलियो सम्भावना छ ।

खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीले पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई आफ्नो उम्मेदवारको रूपमा मनोनयन गरेको छ।

पीटीआईले यदि कुरैशी हारे भने संसद्का आफ्ना सदस्यहरूले सामूहिक राजीनामा दिने बताएको छ । पीटीआईका सांसदहरुले सामूहिक राजीनामा दिए भने सम्भावितरुपमा उनीहरूको सीटहरूका लागि तत्काल उप–चुनावको आवश्यकता सिर्जना गर्नेछ। एजेन्सी