२४ भाद्र २०८३, बुधबार
,
Latest
खोलाले बगाएका किशोर मृत फेला रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत भोल्कद्वारा कुकरी तालिमका स्नातकहरुलाई बधाई



अ+ अ-

काठमाडौँ । नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले ग्लोबल एकेडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी एजुकेशनमा टीएएफई एनएसडब्लु–कमर्शियल कुकरीमा अन्तर्राष्ट्रिय प्रमाणपत्र ३ का स्नातकहरूलाई बधाई दिनुभएको छ ।

उहाँले द प्रोफेसनल रिम्याज २०२१ का विजेता नेपाली सेफ सन्तोष साह र उनका मास्टर सेफ साथी एलेक्स, बार्ट भान डेर ली र सेफ फिली लगायत बीबीसी वनका मास्टरसेफहरुलाई पनि धन्यवाद दिनुभयो । सन्तोष साहसहितका सेफहरुले स्नातक विद्यार्थीहरुलाई प्रेरणादायक सम्बोधन गर्नुभएको थियो ।

राजदूत भोल्कले सेफ सन्तोषलाई ‘नेपाली खानालाई विश्वको नक्सामा राखेकोमा’ बधाई समेत दिनुभयो ।

उच्च गुणस्तरको अस्ट्रेलियाली प्रमाणित नोकरीका लागि तयार व्यावसायिक कुकरी तालिम प्रदान गर्न गेट कलेज र टीएएफई एनएसडब्लले सन् २०१५ देखि सँगै काम गर्दै आएका छन् ।