२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत भोल्कद्वारा कुकरी तालिमका स्नातकहरुलाई बधाई



अ+ अ-

काठमाडौँ । नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले ग्लोबल एकेडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटी एजुकेशनमा टीएएफई एनएसडब्लु–कमर्शियल कुकरीमा अन्तर्राष्ट्रिय प्रमाणपत्र ३ का स्नातकहरूलाई बधाई दिनुभएको छ ।

उहाँले द प्रोफेसनल रिम्याज २०२१ का विजेता नेपाली सेफ सन्तोष साह र उनका मास्टर सेफ साथी एलेक्स, बार्ट भान डेर ली र सेफ फिली लगायत बीबीसी वनका मास्टरसेफहरुलाई पनि धन्यवाद दिनुभयो । सन्तोष साहसहितका सेफहरुले स्नातक विद्यार्थीहरुलाई प्रेरणादायक सम्बोधन गर्नुभएको थियो ।

राजदूत भोल्कले सेफ सन्तोषलाई ‘नेपाली खानालाई विश्वको नक्सामा राखेकोमा’ बधाई समेत दिनुभयो ।

उच्च गुणस्तरको अस्ट्रेलियाली प्रमाणित नोकरीका लागि तयार व्यावसायिक कुकरी तालिम प्रदान गर्न गेट कलेज र टीएएफई एनएसडब्लले सन् २०१५ देखि सँगै काम गर्दै आएका छन् ।