१४ आश्विन २०८१, सोमबार
,
Latest
सिधाकुरा प्रकरणमा सर्वोच्चको आदेश बारे पत्रकार महासंघको यस्तो छ दृष्टिकोण खोलाले बगाएका चौधरीको शव भेटियो फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित साहासिक उद्दारकर्ता चणिकलाललाई बागमती सरकारले डेढलाख नगदसहित सम्मान गर्ने एनपिएलः सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक प्राकृतिक विपत्तिबाट जनधनको क्षतिलाई न्यून पार्ने उपाय अपनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी काठमाडौं उपत्यकामा दशैंको दुई दिन मात्रै पेट्रोल पम्प बन्द हुने चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ संक्रमित, एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गलत नीति र सनकका कारण अर्थतन्त्र तहस नहस हुुदैछ: एमाले



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्नेगरी थालिएको निलम्बनको कारबाही तुरुन्त फिर्ता लिन चेतावनी दिएको छ ।

आइतबार प्रमुख प्रतिपक्ष पार्टी एमालले वर्तमान मुलुकको अर्थतन्त्रको विषयमा पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्नेगरी थालिएको निलम्बनको कारबाही तुरुन्त फिर्ता लिन चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले राष्ट्र बैंकका गभर्नर निलम्बन गर्ने काम गलत गरेको बताउनु भयो । सरकारले गभर्नरलाई निलम्बन गरेर गलत अभ्यास गरेको भन्दै पौडेलले यो कदम तत्काल नसच्याए अर्थतन्त्र धराशायी र यसबाट गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनु भयो ।

पूर्वअर्थमन्त्री पौडेलले अर्थतन्त्रको बिग्रँदो अवस्थामा सार्थक हस्तक्षेप नगर्ने हो भने नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न नसक्ने बताउनु भयो । आफू अर्थमन्त्री हुँदा ल्याएको लोकप्रिय बजेटलाई असफल पार्न ल्याइएको प्रतिस्थापन बिधेयकका कारण देश गम्भीर संकटमा फस्दै आएको दाबी गर्नू भयो। सरकारका आर्थिक नीति नै संकटतर्फ धकेल्ने खालका भएको भन्दो पौडेलले प्रधानमन्त्री वा मन्त्रीले श्रीलंका बन्न दिन्नौं भन्दैमा पत्याउने अवस्था नरहेको बताउनु भयो । पूर्वअर्थमन्त्री पौडेलले आफूहरूले सरकार छाडेपछिको ९ महिनामा मुलुकको अर्थतन्त्र कुनै व्यक्तिको गलत नीति र सनकका कारण तहसनहस भएको दाबी गर्नु भयो ।

उहाँले भन्नुभयो,‘ सरकारले हालै मात्रै निन्धनिय लज्जापद घृणात्मक काम गरेको छ । नेपालका आफ्नो प्रोफेसनमा हरेक दृष्टिकोणले अब्बल भूमिकामा रहनु भएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारको स्वास्र्थ पुरा गर्नको निम्ति उहाँ सहयोगी बन्नु भएन । वित्तीय नीतिमा सरकारले जुन प्रकारको हस्तक्षेप गरेको छ । त्यसको सामना गर्ने सरकारका गलत हस्तक्षेपलाई अस्वीकार गरेका कारणले गर्दा । म भन्दा मेरो लागि मुलुकको अर्थतन्त्र ठूलो हो मुलुकको आर्थिक अवस्था ठूलो हो भनेर सरकारका गलत हस्तक्षेपलाई अस्वीकार गरेको कारणले गर्दा गभर्नरलाई निलम्बन गर्ने गलत अभ्यास गरिएको छ ।

सरकारले तत्काल यो निर्णय सच्याउनु पर्छ । अन्यथा सरकार यो निर्णमा कायम रहिरहयो भने दिनप्रतिदिन मुलुकको अर्थतन्त्रलाई अरु धरासाही बनाउने कुरा निश्चित छ । यो कुनै व्यक्ति महाप्रसाद अधिकारीमाथि होइन सिंगो प्रणालीमाथिको आक्रमण हो । सरकारमा रहेका व्यक्तिहरुका दुषित आकांक्षा पूरा गर्न उहाँ सहयोगी हुनुभएन । वित्त नीतिमा जसरी सरकारले नकारात्मक हस्तक्षेप गर्दा त्यसको मुकाबिला गरेर अर्थतन्त्र जोगाउन खोज्दा आज गभर्नरलाई पदमुक्त गर्न स्पष्टिकरणको गलत अभ्यास गरिएको छ ।

अहिले नै सार्थक हस्तक्षेप नगरे हामीलाई श्रीलंका हुनबाट कसैले रोक्न सक्ने छैन । कुनै व्यक्ति प्रधानमन्त्री वा मन्त्रीले दाबी गरेर मुलुकको बिग्रदो अवस्थाबाट बाहिर निस्किने होइन । अर्थतन्त्रलाई गलत दिशामा जान जुन नीति अवलम्बन गरिएको छ, त्यसको नतिजा भनेको यसैगरी मुलुक संकटउन्मुख हुने हो र हामीले धान्न नसकिने अवस्थामा पुग्ने जोखिम बढेको छ ।’

त्यस्तै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कोरोना महामारी पछि रुस र युक्रेनको युद्धको कारण अर्थतन्त्रमा थपिएको चुनौतीका बीचमा सरकारले राष्ट्र बैंकका गभर्नर निलम्बन गरेर गलत काम गरेको बताउनु भयो । उहाँले अब बजेट निर्माण तथा मौद्रिक नीति बनाउनु पर्ने अवस्थामा गभर्नरलाई बाहिर राख्ने काम भएको बताउनु भयो । सरकार अहिले मुलुकमा देखिएको आर्थिक समस्या समाधान गर्ने भन्दा पनि गभर्नर निलम्बन गर्ने काम संकात्मक रहेको पाण्डेले बताउनु भयो । उहाँले कुनै विदेशबाट आएको पैसा छानविन भइरहेको अवस्थामा गभर्नरलाई अर्थमन्त्रीले पत्र लेखेर फलानालाई पैसा दिनु भन्नै नमिल्दैन बताउनु भयो । पुर्वअर्थमन्त्री पाण्डेले अर्थमन्त्रीले अनुसन्धान भइरहेको अवस्थामा कुनै एक व्यक्तिको पैसा दिनु भनेर भन्नु अपराध भएको बताउनु भयो। पछिल्लो समय श्रीलंकाको अर्थमन्त्री भाग्ने अवस्था आएको भन्दै नेपालका अर्थमन्त्री पनि भाग्नु पर्ने अवस्था देखिएको पाण्डेले बताउनु भयो । उहाँले ऐन र कानुन भन्दा बाहिर गएर कसैले चल्न नमिल्ने भन्दै पाण्डेले अर्थमन्त्रीले यो गलत काम गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ रुस र युक्रेनको युद्धले अर्को समस्या ल्याएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । ४ खर्बको आयात हुन्छ होला भन्ने लागेको थियो । ६ खर्ब पुग्छ जस्तो लाग्छ । त्यस्तै खानेतेलको मूल्य बढाएको छ । पर्यटन बढ्दैन । पेट्रोलको मूल्य वृद्धिको जनु प्रभाव छ । विश्वव्यापी रुपमा यस्तो भएको छ । अमेरिकामा इन्फेलेक्सन ७.९ पुगेको छ । १०० वर्षको बीचमा सबै भन्दा धेरै भएको छ । नेपालको जुन खालको स्थिति देखा परेको छ । यो वर्ष डब्बल डिजिटमा इन्फेलेक्सन जाने खतरा देखिदै छ । एकातिर पैसाको निक्षेप घटिरहेको छ । सरकारको यस तर्फ कुनै चिन्ता छैन ।

यो चिन्ता जाहेर गरेर राष्ट्र बैंकको तर्फबाट त्यसको नेतृत्व गर्ने गभर्नरलाई निलम्बन गर्ने जुन काम गरेको छ । यो ठूलो संकासत्मक छ । कुनै विदेशबाट पैसा आएको जसलाई अर्को मुलुकले छानविन गर भनि रहेको तर अर्थमन्त्रीले छानविन गर्नू पदैन भनेर अर्थमन्त्रीले पत्र लेखेको भन्ने मिडियामा आएको छ । के सत्य हो थाहा छैन । तर यदि सत्य हो भने अर्थमन्त्रीले लेखेर फलानाको पैसा दिनु भन्नै मिल्दैन । अर्थमन्त्री त्यो दिने अधिकारी होइन । अनुसन्धान गर्ने संस्थाले गरिरहेको बेलामा त यो पैसा दे त्यो न दे भन्ने खालको तरिका गर्ने हो भनि अनुसन्धानले काम गर्न सक्दैन ।

एक प्रकारले भन्ने हो भने त्यो क्राइम नै हुन्छ । म त के देखि रहेको छु भने श्रीलंकामा अर्थमन्त्री भाग्ने रे भन्ने सुनेको छु । कतै यो दिन त नओस नेपालमा । यहि केशमा अहिले भन्ने हो भने अर्थमन्त्रीलाई हाल्नु पर्ने हो जेल भित्र । किन लेखै पत्र भनेर । हामीले बनाएको ऐन र कानुन भन्दा बाहिर गएर कसैले चल्न मिल्छ ? यो गलत काम भएको छ । कार्यवाहकले नोट समेत छाप्न सक्दैन । गभर्नर बाहिर राखेर बजेट बनाउने बेलामा मौद्रिक नीति ल्याउने बेलामा आएको छ । तर गभर्नर बाहिर राख्ने काम भएको यसले अर्थतन्त्रमा राम्रो संकेत देखिएको छैन ।’

त्यस्तै पूर्वअर्थमन्त्री तथा पूर्व गभर्नर डा. युवराज खतिवडाले नेपाली काङग्रेसको सरकारले गभर्नर माथिको पूर्वग्राही कारबाही गैरकानुनी हुने भनेर कहिल्यै पनि ख्याल नगरेको आरोप लगाउनु भयो । उहाँले यस अगाडि पनि नेपाली काङग्रेसकै सरकारले दुई वटा गभर्नरलाई निलम्बन गर्दा अदालतले र्फिता पठाएको इतिहास सुनाउनु भयो । पूर्वअर्थमन्त्री खतिवडाले २०५८ को नेपाल राष्ट्र बैंकको ऐन पछि केन्द्रिय बैंकको गभर्नरलाई स्वायत मात्रै नभर जिम्मेवार बनाएको बताउनु भयो ।

उहाँले गभर्नरले निकै ठूलो अक्षम्य अपराध नगरेसम्म गनर्भरलाई कुनै कारबाही नहुने दाबी गर्नु भयो । खतिवडाले गठबन्धन सरकारले सबैसँग अर्थतन्त्रको विषयमा छलफल गर्नु पर्ने अवस्थामा आफ्नो नालायकिपन छोप्न गभर्नरलाई निलम्बन गरेको बताउनु भयो । उहाँले अराजक अर्थमन्त्रीको प्रभावमा प्रधानमन्त्रीले गलत नीति लिएको बताउनु भयो । पूर्व अर्थमन्त्री खतिवडाले वित्तीय अपचलन गर्न नपाएको निहितस्वार्थ समूहको स्वार्थ पूरा गर्न नपाएको, अर्थतन्त्र सम्माल्न नसकेको र अर्थमन्त्री फेनुपर्छ भन्ने चर्चा गठबन्धबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दबाबमा आफ्नो अपराध ढाक्न खोजिएको दाबी गर्नु भयो ।

उहाँले भन्नुभयो,‘ गभर्नर माथिको पूर्वग्राही कारबाही गैरकानुनी हुने भनेर नेपाली काङग्रेसले कहिल्यै पनि चेतेन । यो भन्दा पहिलाका दुई वटा गभर्नरहरु यसरी नै कारवाही गरिएको थियो र उहाँहरु इज्जत साथ अदालतको निर्णयबाट फर्किएर आउनु भएको छ । २०५८ को नेपाल राष्ट्र बैंकको ऐन पछि केन्द्रिय बैंकको गभर्नरलाई स्वायत मात्रै होइन जिम्मेवार पनि बनाइएको छ । जिम्मेवार निकायलाई गभर्नरले निकै ठूलो अक्षम्य अपराध नगरेसम्म गनर्भरलाई कुनै कारबाही हुँदैन ।

गम्भिर अपराध गरेको भए पनि कानूनसम्मत ढङगले अघि बढ्नुपर्छ र कुनै आग्रहले यस्तो गर्न पाइदैन । काँग्रेसले दुई वटा गभर्नरलाई हटाएको बेला अर्थतन्त्रमा कस्तो संकट भएको थियो । नोट छाप्ने कुरामा झन्डै संकटमा परेका थियौं । त्यतिबेला दुई वटा मात्रै अप्सन थियो । एउटा राजा ज्ञानेन्द्रको ठाउँमा श्रीपेज भएको पैसा थियो अर्को भारु मुद्रा थिए । त्यो बेला सरकारले श्रीपेज भएका नोट हटाउन भनि सकेको थियो । ढुकुटीमा नोट थिएन । मन्त्रीपरिषद्बाट निर्णय गरेर श्रीपेज भएका नोटलाई एक वर्ष समय थप गरेर चलाउनु परेको स्थिति थियो । फेरी त्यस्तो कुरा नहोस् हामी सरकारलाई सजक गराउन चाहान्छौं ।

गठबन्धन सरकारले सबैसँग अर्थतन्त्रको विषयमा छलफल गर्नु पर्ने अवस्थामा यो सरकारलो आफ्नो नालायकिपन छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको छ । सरकारले यो प्रायोजित रुपमा गरेको कारबाही आपति जनक मात्रै नभई निन्धनिय समेत छ ।

अराजक अर्थमन्त्रीको प्रभावमा प्रधानमन्त्री सर्वथा गलत नीति लिए । वितिय अपचलन गर्न नपाएको निहितस्वार्थ समूहको स्वार्थ पूरा गर्न नपाएको, अर्थतन्त्र सम्माल्न नसकेको र अर्थमन्त्री फेनुपर्छ भन्ने चर्चा गठबन्धबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दबाबमा आफ्नो अपराध ढाक्न खोजिएकोमा कुनै संका छैन ।’

पूर्वअर्थमन्त्री तथा गभर्नर खतिवडाले नेपाल आर्थिक अवस्था संकट उन्मुख रहेको बताउनु भएको छ । उहाँले पछिल्लो समय मुलुकमा विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै मुद्रा सञ्चिति कम हुँदै जानु भनेको मुलुकमा आर्थिक संकटको ंसकेत भएको दाबी गर्नु भयो । अहिलेको गठबन्धन सरकारको ध्यान अर्थतन्त्र सुधार गर्ने भन्दा पनि निहित स्वास्र्थ पुरा गर्ने काम गरेको आरोप लगाउनु भयो । बाह्य क्षेत्र संकट उन्मुख भइएकाले सरकारले तत्काल बाह्य क्षेत्र व्यवस्थापन गर्न नसके अवस्था गम्भिर हुने बताउनु भयो । उहाँले यो वर्ष २२ खर्ब आयातको आयात हुने देखिएको बताउनु भयो । सरकारले डिजिटल रुपका हुने कारोबार रोक्न नसक्दा बैंकिङ तरलतामा समस्या आएको खतिवडाले बताउनु भयो ।