२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक कार्यका लागि गोदावरीदेखि जनकपुरसम्म दौड्न लागे कार्की



अ+ अ-

काठमाडौं । धावक रामसुन्दर कार्की ललितपुरको गोदावरीदेखि जनकपुरसम्म दौड्ने भएका छन् । विगतमा पनि विभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग जुटाउन दौड्दै आएका कार्की यसपटक धार्मिक कार्यका लागि दौड्न लागेका हुन् ।

कार्कीले मंसिर २० गतेदेखि दौड यात्रा प्रारम्भ गर्ने जनाएका छन् । ३ दिनमा २ सय २५ किलोमिटर दूरी पूरा गर्ने कार्कीले बताए ।

गोदावरी नगरपालिका १, गोदामचौरको कार्कीटारस्थित आफैले निर्माण गरेको हनुमान मन्दिरमा गदा स्थापनाका लागि आर्थिक सहयोग जुटाउन कार्की दौड्न लागेका हुन् । उनले त्यहाँ २७ फिट अग्लो गदा निर्माण गर्न लागेका छन् । सो कार्यको शिलान्यास पनि भइसकेको छ । कार्कीले विगतमा विद्यालय तथा बाढी पीडितको सहयोगार्थ दौडेर आर्थिक सहायता उपलब्ध गराएको बताए ।

नेपालको सबै जिल्ला दौडेर पुगिसकेका कार्कीले काठमाडौं÷दोलखा, काठमाडौं÷सिन्धुली, काठमाडौं÷पोखरा, काठमाडौं÷लुम्बिनी दौडिसकेका छन् । उनले विभिन्न घरेलु दौड प्रतियोगितामा पनि सहभागिता जनाएका छन् ।