१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको आर्थिक अवस्थाका बारेमा तीन पूर्वअर्थमन्त्रीहरुले धारणा सार्वजनिक गर्दै



अ+ अ-

काठमाडौं । पूर्ब अर्थमन्त्रीहरु बिष्णु पौडेल,सुरेन्द्र पाण्डे र डा.युवराज खतिवडाले मुलुकको आर्थिक अवस्थाका बारेमा सामुहिक धारणा सार्बजनिक गर्नु हुने भएको छ ।

अर्थतन्त्र संकटमा रहेको समयमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाग्रहका आधारमा गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्दे हटाउने प्रक्रिया सुरु गरेको बेला तीन अर्थमन्त्रीहरुले सामुहिक दृष्टिकोण सार्बजनिक गर्न लाग्नु भएको हो ।

होटल हिमालयमा मध्यान्न १२ः३० बजे पत्रकार सम्मेलन मार्फत पार्टीको धारणा सार्वजनिक गर्ने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख बिष्णु रिजालले जानकारी दिनुभयो ।