१ आश्विन २०८३, बिहीबार
,
Latest
चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण ‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहतका कमिटीलाई निर्देशन जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?: सांसद बराल भोटेकोशी बाढी : संसदीय विशेष समिति गठनमा जुटेन सहमति अपमान र घृणामाथि उभिएको कांग्रेसको महलमा बस्न सक्दिनँ: डा. शेखर कोइराला भ्रष्टाचार नियन्त्रणमा अख्तियारले संवैधानिक दायित्व प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल कर्णाली प्रादेशिक अस्पतालमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सक व्यवस्था गर्न सांसद खड्काको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गेटा विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाइन्छ: मन्त्री आले



अ+ अ-

कैलाली। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलका रुपमा विकास गरिने बताउनुभएको छ ।

कैलालीको धनगढीमा आज धनगढी उपमहानगरपालिका र नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाटा० सुदूरपश्चिम प्रदेशको आयोजनामा आयोजित ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले सुदूरपश्चिममा पर्यटक भित्र्याउन र यहाँको पर्यटन क्षेत्रको विकास गर्न भए पनि यो विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “धनगढी विमानस्थल क्षेत्रीय स्तरको विमानस्थल बनाउछौँ भनेर थुप्रै मन्त्री नेता आए तर कसैले पनि बनाएन, अब मैले बनाएरै देखाउछु ।” मन्त्री आलेले धनगढी विमानस्थलको स्तरोन्नतीसहित क्षेत्रीय स्तरको विमानस्थल बनाए यहाँबाट पोखरा, विराटनगर, भैरहवा, वीरगञ्जलगायतका ठूला सहरमा जहाज सञ्चालन गरिने र सुदूरपश्चिम क्षेत्रको विकासमा थप टेवा पुग्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “पोखरा पर्यटकको राजधानी हो, त्यो राजधानीसँग धनगढी जोडिएको छ, मैले पोखरा र धनगढीलाई जतिसक्दो चाँडै जोड्ने काम गरेर देखाउछु ।”

मन्त्री आलेले धनगढी विमानस्थलको जमिन अधिग्रहणका लागि आफू मन्त्री भएपछि आफ्नै पहलमा रु एक अर्ब विनियोजन गरेको र आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा पनि १० अर्ब बजेट सिलिङमा राखेर जग्गा अधिग्रहण गरी क्षेत्रीय विमानस्थल निर्माणका लागि काम सुरु गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो । यसैगरी मन्त्री आलेले नेपाल, भारत र चीन जोड्नका लागि आफुले खुटिया, बिपीनगर, दिपायल, बझाङ उरैहुँदै चीनको ताक्लाकोटसम्म जोड्न फाष्ट ट्रयाक निर्माणको पहल थालेको पनि जानकारी दिनुभयो ।

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र आफू सुदूरपश्चिमकै भएकाले सुदूरपश्चिम क्षेत्रको विकास तथा विस्तारका लागि सधँै अग्रसर रहेको जिकिर उहाँले गर्नुभयो । मन्त्री आलेले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन हुन्छ, पाँच किलोका ढक भन्नेलाई परास्त गरेरै छाडिन्छ ।” रासस