२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानका प्रधानमन्त्री सुगाको राजीनामा, आजै किसिदा १०० औं प्रधानमन्त्री बन्दै



अ+ अ-

जापान । जापानका प्रधानमन्त्री योसिहिदो सुगाले पदबाट राजीनामा दिएका छन्। जापानको राजधानी टोकियोमा आज बिहान बसेको मन्त्रीपरिषदको बिशेष बैठकमा सुगाले राजीनामा दिएको बताएका हुन् ।

तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारण देखाउदै अघिल्लो वर्ष  राजीनामा दिएपछि सुगा नया प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । कुल ३८४ दिन प्रधानमन्त्रीको पदभार सम्हालेर सुगाले राजीनामा दिएका हुन् ।

नया प्रधानमन्त्री चयनका लागि आजै दिउसो संसदको बिशेष अधिबेशन सुरु हुदैछ । गत महिनाको २९ तारिख सम्पन्न भएको सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीको अधेबेशन बाट किसिदा फुमिओ नेतृत्वमा आएका छन् । 

आज हुने संसद्को बिशेष अधिबेशन बाट किसिदा फुमिओ जापानको १०० औँ प्रधानमन्त्री बन्दैछन । नया बन्ने प्रधानमन्त्रीले मन्त्रीहरुको नाम समेत टुङ्गाइसकेका छन् । किसिदा क्याबिनेटमा सुगा क्याबिनेटका २ मंत्री बाहेक अरु नया अनुहार प्रवेश गर्ने पक्कापक्की भैसकेको छ ।