१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टेलिकमको खुद नाफा ७ अर्ब ३३ करोड



अ+ अ-

काठमाडौँ । नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ । बिहीबार काठमाडौंमा आयोजित सो कम्पनीको १४ औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम संचालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्व ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताउनु भएको हो ।

उहाँले कोभिड–१९ का कारण यसको राजस्वमा भने केही कमी आएको पनि स्पष्ट पार्नु भयो । अध्यक्ष अर्यालले भन्नु भयो, ‘अन्तराष्ट्रिय तथा अन्तरदेशीय आवद्धता सेवाबाट ५ अर्व ८० करोड, वायरलेस सेवाबाट ३ अर्व ३३ करोड अन्य विभिन्न कार्यक्रमबाट गरी कूल राजस्व र खुद नाफा ४२ अर्व २१ करोड र ७ अर्व १३ करोड कायम गर्न कम्पनी सफल भएको छ । कोभिड १९ को कारणले भ्वाईस तथा अन्तरदेशीय सेवामा कमी आएको र विभिन्न प्रकारका अफरहरुले सस्तोमा सेवा उपलब्ध गराउँदा राजस्वमा कमी देखिएको छ ।’

टेलिकमले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर उपलब्ध पनि गराउने भएको छ । सेयरधनीहरुको मनोबललाई उच्च बनाउन बोनस सेयर २० प्रतिशत उपलब्ध गराउन लागिएको नेपाल टेलिकम संचालक समितिका अध्यक्ष अर्यालको भनाई छ । अध्यक्ष अर्यालले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणको काममा तीव्रता दिइएको पनि बताउनु भयो । अनलाईन पेपेन्ट गर्ने सरकारको कार्यक्रम अनुसारको तयारीको कामलाई पनि फोकस गरिएको नेपाल टेलिकमले जनाएको छ ।