१८ आश्विन २०८१, शुक्रबार
,
Latest
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा जाने सम्भावना छैनः महन्थ ठाकुर



महन्थ ठाकुर
अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूहरु तत्काल सरकारमा जाने सम्भावना नरहेको बताएका छन् । 

सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारमा सहभागी हुन कुनै अफर नआएको र आफूहरुले पनि माग नगरेको बताए । ‘हाम्रो प्राथमिकता माग र मुद्दा हो’ उनले भने, ‘हामीले हाम्रो मुद्दाको सम्बोधन होस् भन्न चाहेका हौं ।’

तत्कालिन नेकपाको बहुमत सरकार आफ्नै पार्टीका कारण ढलेको र अहिलेको गठबन्धन सरकारमा पनि विवाद शुरु भएको उनको भनाई छ ।

यस्तै अध्यक्ष ठाकुरले एमसीसीलाई लिएर तथा मन्त्रिपरिषदमा भागबण्डालाई लिएर विवाद शुरु भएको भन्दै सबै खेल सत्ताकै लागि भइरहेको जिकिर गरे ।