३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

एडीबीको प्रक्षेपण : ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य पूरा हुँदैन



अ+ अ-

काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य पूरा जनाएको छ । एडीबीले आर्थिक वर्ष २०७८/०७९ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

नेपालको आर्थिक विकास प्रक्षेपणसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले आगामी आर्थिक वर्षबाट मात्र नेपालको आर्थिक विकासमा सुधार देखिँदै जाने बताएको छ ।

बैंकका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा नेपालको आर्थिक वृद्धि दर दुई दशमलव एक प्रतिशतले ऋणात्मक रहेको थियो । गत आर्थिक वर्षमा दुई दशमलव तीन प्रतिशतले आर्थिक वृद्धिदर हासिल भएकामा आगामी आर्थिक वर्ष पाँच प्रतिशतले आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ ।

एडीबीले नेपालको मुद्रास्फीति चालु आर्थिक वर्षमा छ दशमलव पाँच प्रतिशतको सीमाभित्रै रहने बताएको छ । बैंकका अनुसार सन् २०२० मा छ दशमलव दुई प्रतिशतमा रहेको मुद्रास्फीति गत आर्थिक वर्ष तीन दशमलव छ प्रतिशतमा आएको थियो । आगामी वर्ष मुद्रास्फीति दर छ दशमलव दुई प्रतिशतको वाञ्छित सीमाभित्रै रहने बताइएको छ ।

एडीबीले सार्वजनिक गरेको प्रतिवेदनमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा चालु खाता घाटा नौ दशमलव सात प्रतिशत पुगेको उल्लेख छ । यस्तो घाटा कोभिड महामारी सुरु हुँदा शून्य दशमलव नौ प्रतिशत रहेकामा गत वर्ष आठ प्रतिशत पुगेको थियो । आगामी वर्ष यस्तो घाटा छ दशमलव एक प्रतिशतमा सीमित रहने एडीबीको भनाइ छ ।