३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकद्वारा ३०० वटा वस्तुको आयातमा कडाइ



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले झण्डै ३०० वटा वस्तको आयातमा कडाइ गरेको छ । त्यस्ता वस्तुको आयातमा कडाइ गरेसँगै केन्द्रीय बैंकले प्रतितपत्र नखोल्नसमेत निर्देशन दिएको छ । बैंकका अनुसार आयातमा कडाइ गरिएका वस्तुमा गाडी, सुनमात्र नभई दैनिक उपभोग गरिने वस्तु पनि रहेका छन् ।

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रका अनुसार आयातको प्रमुख २० सूचीमा पर्ने अधिकांश वस्तुको आयातमा कडाइ गर्न निर्देशन दिइएको छ । त्यस्ता प्रमुख सूचीमा गाडीदेखि सुनचाँदीसम्म छन् ।

त्यस्तै वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुसँगको छलफलमा केही समयका लागि ३०० वस्तुको प्रतितपत्र नखोल्न राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकको निर्देशनसँग अब वाणिज्य बैंकहरुले चिनी, चकलेटदेखि ल्वाङ, मिनरल वाटर, मदिरा, भेनेगर, चुरोट, सूर्तिजन्य वस्तु, परफ्यूम, कस्मेटिक सामान, काठका वस्तु तथा सामानहरु, जुत्ताचप्पल, छाता र लठ्ठीका साथै मार्बल, सिमेन्ट, प्लास्टर र सेरामिकका सामान आयातका लागि प्रतितपत्र खोल्ने छैनन्।

राष्ट्र बैंकको निर्देशनपछि वाणिज्य बैंकहरुले आफ्ना सबै शाखामा प्रतितपत्र नखोल्न सर्कुलर गरेका छन् । यद्यपि कुन कुन वस्तुका लागि प्रतितपत्र नखोल्ने भन्नेबारे उल्लेख गरेका छैनन् । त्यसैले उनीहरुले कुनै पनि प्रतितपत्र नखोल्नू भनेका छन् ।

त्यस्तै परफ्यूम, मेकअपका सामान, कपालको क्रिम तथा स्याम्पु, काठ, काठको कोइला र फर्निचर, जुत्ताचप्पल र बुट, दाँतमा लगाउने तार, कपडा बुन्ने कुरुष, छाता, टेक्ने लौरोदेखि फिदरसम्मको आयातका लागि बैंकले प्रतितपत्र खोल्ने छैनन्।

यसबाहेक अब ढुंगाका सजावट सामाग्री, सिमेन्ट, चिम्नी भाँडो, बोतल, जार, चाँदी, चाँदीले कुँदिएका सामाग्री, फर्निचर र सम्बन्धित वस्तु, खेलौना, खेलकुदका सामाग्रीका साथै सम्बन्धित वस्तुको पनि आयात नहुने भएको छ।

यसबाहेक माछा, गँगटालगायत दुग्धजन्य पदार्थ, प्राकृतिक मह र अण्डा, बोटबिरुवा, तरकारी तथा गेडागुडी, सुपारी, केरा र चिप्स्,छोकडा, मरिच, मासु, अप्टिकल, मेडिकल तथा सर्जिकल इक्विपमेन्टको पनि बैंकले प्रतितपत्र खोल्ने छैनन् ।