२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकद्वारा ३०० वटा वस्तुको आयातमा कडाइ



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले झण्डै ३०० वटा वस्तको आयातमा कडाइ गरेको छ । त्यस्ता वस्तुको आयातमा कडाइ गरेसँगै केन्द्रीय बैंकले प्रतितपत्र नखोल्नसमेत निर्देशन दिएको छ । बैंकका अनुसार आयातमा कडाइ गरिएका वस्तुमा गाडी, सुनमात्र नभई दैनिक उपभोग गरिने वस्तु पनि रहेका छन् ।

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रका अनुसार आयातको प्रमुख २० सूचीमा पर्ने अधिकांश वस्तुको आयातमा कडाइ गर्न निर्देशन दिइएको छ । त्यस्ता प्रमुख सूचीमा गाडीदेखि सुनचाँदीसम्म छन् ।

त्यस्तै वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुसँगको छलफलमा केही समयका लागि ३०० वस्तुको प्रतितपत्र नखोल्न राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकको निर्देशनसँग अब वाणिज्य बैंकहरुले चिनी, चकलेटदेखि ल्वाङ, मिनरल वाटर, मदिरा, भेनेगर, चुरोट, सूर्तिजन्य वस्तु, परफ्यूम, कस्मेटिक सामान, काठका वस्तु तथा सामानहरु, जुत्ताचप्पल, छाता र लठ्ठीका साथै मार्बल, सिमेन्ट, प्लास्टर र सेरामिकका सामान आयातका लागि प्रतितपत्र खोल्ने छैनन्।

राष्ट्र बैंकको निर्देशनपछि वाणिज्य बैंकहरुले आफ्ना सबै शाखामा प्रतितपत्र नखोल्न सर्कुलर गरेका छन् । यद्यपि कुन कुन वस्तुका लागि प्रतितपत्र नखोल्ने भन्नेबारे उल्लेख गरेका छैनन् । त्यसैले उनीहरुले कुनै पनि प्रतितपत्र नखोल्नू भनेका छन् ।

त्यस्तै परफ्यूम, मेकअपका सामान, कपालको क्रिम तथा स्याम्पु, काठ, काठको कोइला र फर्निचर, जुत्ताचप्पल र बुट, दाँतमा लगाउने तार, कपडा बुन्ने कुरुष, छाता, टेक्ने लौरोदेखि फिदरसम्मको आयातका लागि बैंकले प्रतितपत्र खोल्ने छैनन्।

यसबाहेक अब ढुंगाका सजावट सामाग्री, सिमेन्ट, चिम्नी भाँडो, बोतल, जार, चाँदी, चाँदीले कुँदिएका सामाग्री, फर्निचर र सम्बन्धित वस्तु, खेलौना, खेलकुदका सामाग्रीका साथै सम्बन्धित वस्तुको पनि आयात नहुने भएको छ।

यसबाहेक माछा, गँगटालगायत दुग्धजन्य पदार्थ, प्राकृतिक मह र अण्डा, बोटबिरुवा, तरकारी तथा गेडागुडी, सुपारी, केरा र चिप्स्,छोकडा, मरिच, मासु, अप्टिकल, मेडिकल तथा सर्जिकल इक्विपमेन्टको पनि बैंकले प्रतितपत्र खोल्ने छैनन् ।