• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   कार्यकर्तालाई बाड्न सरकारले ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राख्यो: डा.महत ★   म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम ★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास

प्रजिअको नेतृत्वमा मतदान केन्द्र निरीक्षण



भक्तपुर । स्थानीय तहको निर्वाचन नजिकिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा जिल्ला सुरक्षा निकायले संयुक्तरूपमा मतदान केन्द्रहरूको अवलोकन एवं निरीक्षण सुरु भएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न मतदान केन्द्रको संवेदनशीलता र अवस्था कस्तो छ भन्ने जानकारी लिन मतदान केन्द्रको अवलोकन एवं निरीक्षण सुरु गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।

प्रजिअ शर्मा, महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बल दुवाकोटका प्रमुख, नेपाली सेनालगायत सरोकारवाला निकायसहितको टोलीले सूर्यविनायक नगरपालिका–८ नैचालपाटी भञ्ज्याङस्थित सरस्वती आधारभूत विद्यालय, सूनपा–९ काँक्राबारीस्थित सरस्वती माध्यामिक विद्यालय मतदान केन्द्र, सोही वडाको नंखेलस्थित श्रीराम आधारभूत विद्यालय र भुवनेश्वरी माध्यामिक विद्यालय मतदान केन्द्रको निरीक्षण गरेको हो ।

मतदान केन्द्रको निरीक्षण गर्दै प्रजिअ शर्माले भन्नुभयो, “निर्वाचन नजिकिएको छ, निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्ने हाम्रो जिम्मेवारी छ, त्यसैले पनि यहाँका निर्वाचन केन्द्र कस्ता छन्, के–के समस्या छन् कि, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकमैत्री छ कि छैन, मतदातालाई मतदान गर्न कसरी सजह हुन्छ, सुरक्षाको व्यवस्थापन कसरी गर्न सकिन्छ, त्यहाँका भौतिक अवस्था कस्तो छ भन्नेबारेमा मतदान केन्द्र र मतदानस्थलको स्थलगत अनुगमन गरेका छौँ, अन्य मतदानस्थलको पनि हामी अनुगमन गरेर सुरक्षा रणनीति तय गर्छौँ ।”

यहीँ टोलीले मध्यपुरथिमि नगरपालिकाभित्रका मतदानस्थल कृषि विकास बैंक तालिम केन्द्र, हिमालय युवा क्लब बोडे, बोडे मावि लायकु, गणेश मावि नगदेश, कुम्हालक्ष्मी पाटी नगदेशको निरीक्षण गरिसकेको प्रजिअ शर्माले जानकारी दिनुभयो । शर्मा नेतृत्वको टोलीले यसअघि पनि चाँगुनारायण नगरपालिका–८ का सरस्वती मावि थाकलमोठ, महेन्द्र मावि, सुडाल, ८ नं वडा कार्यालय, महानगरीय प्रहरी प्रभाग सुडाल र वडा नं ९ स्थित गणेश मावि ताथलीको अनुगमन गरेर त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएको थियो ।

निर्वाचन कार्यालय भक्तपुरका अनुसार जिल्लामा ७७ मतदानस्थलमा २१९ मतदान केन्द्र निर्धारण गरेको छ । भक्तपुर नगरपालिकामा १६ मतदानस्थल ६२ मतदान केन्द्र, मध्यपुरथिमिमा १७ मतदानस्थल ४६ मतदान केन्द्र, सूर्यविनायकमा २३ मतदानस्थलमा ५८ मतदान केन्द्र र चाँगुनारायण नपामा २१ मतदानस्थल ५३ मतदान केन्द्र निर्धारण गरेको छ ।