• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

‘देशमा स्थायित्व चाहने एमालेमा गोलबद्ध हुनुपर्छ’



रत्ननगर ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति ध्रुवीकरण भइरहेको बेलामा एमालेले नेतृत्व गरेको ध्रुवमा सबै गोलबद्ध हुनुपर्ने बताउनुभएको छ । अहिले फरकफरक विचार र सिद्धान्तका पार्टीहरुले गठबन्धन गरेको भन्दै पोखरेलले देशमा स्थायित्व चाहने सबै एमालेभित्र गोलबद्ध हुनुपर्ने बताउनुभएको हो ।

चितवनका जनप्रिय नेता जागृतप्रसाद (जेपी) भेटवालको चौथो स्मृति दिवसको अवसरमा आज चितवनको भरतपुरमा आयोजित श्रद्धाञ्जलीसभा एवं स्मृति ग्रन्थ विमोचन समारोहमा उहाँले अहिलेको राष्ट्रिय राजनीतिमा दुई वटा ध्रुव भएको बताउनुभयो । “नेपाली राजनीतिमा दुई वटा ध्रुव छन्, एउटा विचारको नेतृत्व नेपाली कांग्रेस र अर्को विचारको नेतृत्व नेकपा एमालेले गरेको छ”, पोखरेलले भन्नुभयो । राष्ट्रिय राजनीति ध्रुवीकरण भइरहेको बेलामा एमालेले नेतृत्व गरेको विचारमा अहिले सबै गोलबद्ध हुनुपर्ने अवस्था सिर्जना भएको पोखरेलले बताउनुभयो ।

सो कार्यक्रममा वरिष्ठ नेता पोखरेलले जेपी भेटवालजस्तो नेता नेपालमा कमै जन्मिने गरेका बताउनुभयो । भेटवालले पार्टीभित्र कडारूपमा टिप्पणी गर्ने, विरोध गर्ने तर पार्टीले निर्णय गरेको कुरा आफू अनुकूल नहुँदासमेत स्वीकार गरेर हिँड्ने गरेको स्मरण गर्नुभयो । सो अवसरमा पोखरेलले जागृतप्रसाद भेटवाल स्मृति ग्रन्थको विमोचन गर्नुभएको थियो ।

राजनीतिमा मात्र नभएर साहित्यमा झर्रो आन्दोलन गर्नुभएका नेता भेटवालले ‘नौलो साहित्य’ भन्ने पत्रिका छपाएर ह्रस्व मात्र लेख्ने अभियानको थालनी गर्नुभएको थियो । यस पत्रिकाले तत्कालीन राजतन्त्र र फासिस्ट पञ्चायती व्यवस्था विरुद्ध ठूलो जनमत सिर्जना गरेको थियो । विसं २०४२ मा फासिस्ट पञ्चायती व्यवस्थाको निर्वाचनमा क्रान्तिको लक्ष्यलाई बहुदलीय प्रतिस्पर्धासहितको जनवादका रूपमा विकसित गर्ने चिन्तनअनुसार नै यसलाई उपयोग गर्ने नीति लिएर भेटवाल अगाडि बढ्नुभएको नेता काशिनाथ अधिकारीले बताउनुभयो ।