१६ असार २०८३, मंगलवार
,
Latest
सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल मधेसबाहेक देशभर वर्षा, कञ्चनपुरमा २४ घण्टामै १४७.४ मिमी वर्षा इरानद्वारा अमेरिकासँगका आगामी प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसगँ गरिन् छलफल काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमरान खानले गरे संसद् भङ्गको सिफारिस



अ+ अ-

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रपतिसमक्ष संसद् भङ्गको सिफारिस गरेका छन् ।

प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएपछि उनले संसद् भङ्गको सिफारिस गरेका हुन् । पाकिस्तानी संसद्ले ‘विदेशी हस्तक्षेप’ भन्दै प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव खारेज गरेको हो।

सभामुखले संसद्को बैठक अप्रिल २५ सम्मका लागि स्थगित गरेका छन् । राष्ट्रिय सभाका उपसभामुख कासिम खान सुरीले आइतबार खानविरुद्धको कदमलाई संविधानको धारा ५ विपरीत भएको भन्दै खारेज गरे।

पाकिस्तानको समाचार वेबसाइट डन डटकमका अनुसार धारा ५ अनुसार चाहे जहाँ भए पनि र अहिले पाकिस्तानमै भए पनि ‘राज्यप्रति वफादारी प्रत्येक नागरिकको आधारभूत कर्तव्य हो’ र ‘संविधान र कानूनको पालना गर्नु प्रत्येक नागरिकको अलङ्घनीय दायित्व हो’ ।

विपक्षीले आफूसँग जित्न सक्ने सङ्ख्या रहेको बताएपछि पाकिस्तानका विवादित प्रधानमन्त्रीले आइतबार अविश्वासको मतको सामना गर्ने तयारी गरेका थिए।

क्रिकेटरबाट राजनीतिज्ञ बनेका खानलाई हटाउन पाकिस्तानको ३४२ सिट भएको संसदमा विपक्षीलाई १७२ मतको साधारण बहुमत चाहिन्छ।

उनलाई हटाउनका लागि उनका साना तर प्रमुख गठबन्धनका साझेदार र आफ्नै दलका १७ जना सदस्य विपक्षमा लागेका छन् ।

आइतबार विशाल धातु कन्टेनरहरूले राजधानीको कूटनीतिक एन्क्लेभ, संसद् र राजधानीका अन्य संवेदनशील सरकारी प्रतिष्ठानहरूमा जाने बाटो र प्रवेशद्वारहरू अवरुद्ध पारेका थिए।