३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास



अ+ अ-

काठमाडौँ । नेपालस्थित अमेरिकी राजदूतावासले विपद् व्यवस्थापनदेखि शान्ति स्थापना कार्यसम्बन्धी विविध विषयमा सबलीकरणसम्म नेपाली सेना र अमेरिकी सेनाले विगत २० वर्षदेखि दुई देशबीचको सुरक्षा सहकार्य अझै बलियो बनाउन निरन्तर साझेदारी गर्दै आएको बताएको छ ।

दूतावासका अनुसार सोही परम्परालाई कायम राख्ने क्रममा आज अर्थात् ३ अप्रिलदेखि नेपाली सेनाको स्पेशल अपरेसन्स फोर्सेज र अमेरिकी स्पेशल अपरेसन्स कमान्डका सदस्यहरू संयुक्तरूपमा एक महिना लामो शान्ति स्थापना कार्यसम्बन्धी विविध कृयाकलापमा सम्मिलित संयुक्त अभ्यासमा सरीक हुनेछन्।

यो संयुक्त अभ्यासले दुवै देशका सुरक्षाकर्मीहरूलाई विपद्को समयमा कसरी उत्कृष्ट प्रतिकार्य गर्ने भन्ने बारेमा आफ्ना अनुभव र सिकाइहरू आदानप्रदानको अवसर प्रदान गर्ने दूतावासको भनाइ छ।

दूतावासले यसअघि सम्पन्न यस्तै अभ्यासका तस्वीर साझा गरेको छ ।