काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन् ।
मेयर जिसीलाई गत साउन १ गते अचानक बेहोस भई मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा लगिएको थियो ।
न्युरो अस्पतालमा साढे दुईमहिना लामो उपचारसँगै एन्जिओप्लास्टी शल्यक्रियापछि आज अस्पतालबाट जिसी डिस्चार्ज भएका हुन् ।
शल्यक्रियापश्चात टाउकोमा लगाइएका टाँका खोलिएसँगै मेयर जिसी अस्पतालबाट डिस्चार्ज भएको उनका प्रेस संयोजक माधव बरालले न्यूजपोलारलाई जानकारी दिए ।











