२४ भाद्र २०८३, बुधबार
,
Latest
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरिको चुचुरोबाट राष्ट्रप्रमुखले उपत्यका चियाउँदा (फोटो फिचर)



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार दिउँसो परिवारका सदस्यहरु सहित  ऐतिहासिक एवं पर्यटकीय स्थल चन्द्रागिरि  पुग्नुभयो । 

कारगेड सुरक्षासहित यात्रा गर्दा ट्राफिक जाम हुने र यात्रुहरुले सास्ती पाउने भन्दै माइक्रो बसमा चढेर चन्द्रागिरि पुग्नु भएकी राष्ट्रपति भण्डारीले सोमबारको रात त्यहीँ बिताउनु भयो । 

परिवारका सदस्यहरुसँग बसेर उहाँले चन्द्रागिरिको चुचुरोबाट काठमाडौं उपत्यका नियाल्नु भएको थियो । मंगलबार बिहान प्रसिद्ध शिवमन्दिर भालेश्वर मन्दिरमा पूजा गरी चद्रागिरि रिसोर्टमा खाना खाएर उहाँ राष्ट्रपति कार्यालय, शीतल निवास फर्कनु भएको छ । 

राष्ट्रपति भण्डारीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रबन्धक अभिषेक विक्रम शाहले स्वागत गर्नुका साथै त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी गराउनु भएको थियो ।  

काठमाडौंबाट नजिकको यस ऐतिहासिक पर्यटकीय स्थलमा पछिल्ला केही वर्षदेखि विभिन्न देशका लब्धप्रतिष्ठित व्यक्तिका साथै देशका प्रमुख नेताहरुको रोजाईको गन्तव्यमा पर्न थालेको छ ।

साथै यहाँको केबल कार चढ्न एवं दृश्यावलोकन गर्न बर्सेनि ठूलो संख्यामा मानिसहरु चन्द्रागिरि पुग्ने गर्दछन् । लकडाउनका कारण बन्द रहेको चन्द्रागिरि पछिल्ला केही सातादेखि सर्वसाधारणका लागि खुला छ । 

चन्द्रागिरि हिल्सका अनुसार यहाँको भ्रमण गर्ने व्यक्तिले कोभिडका न्यूनतम निर्देशिका पालना गर्नु पर्दछ । 


 

तस्वीरहरु- सुनिल महर्जन