२४ भाद्र २०८३, बुधबार
,
Latest
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शक्ति पुरस्कार’ कवि श्रेष्ठलाई



अ+ अ-

बागलुङ । रण स्मृति पुरस्कार संस्था बागलुङले विसं २०७७ को ‘शक्ति पुरस्कार’ तनुहँका कवि एवं निवन्धकार अनिल श्रेष्ठलाई प्रदान गरेको छ । आज यहाँ आयोजित समारोहमा श्रेष्ठलाई वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले रु आठ हजार राशिसहित पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।

नेपाली भाषा, साहित्यको उत्थानमा पु¥याएको योगदानवापत श्रेष्ठलाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष काजी रोशनले बताउनुभयो । कवि श्रेष्ठका ‘आरु फुलेको साँझ’, ‘मध्यरातमा मुर्कट्टा’लगायत कविता कृति प्रकाशित छन् । यसअघि सो पुरस्कारबाट पोखराका कवि तीर्थ श्रेष्ठ, भैरहवाका साहित्यकार बालकृष्ण भट्टराई र स्याङ्जाका विश्वप्रेम अधिकारी पुरस्कृत भइसक्नुभएको छ ।

विसं २०५० मा स्थानीय समाजसेवी शक्तिबहादुर खड्काले बुवा रणबहादुरको स्मृतिमा पुरस्कार संस्थाको स्थापना गर्नुभएको थियो । सो संस्थाले विसं २०७४ देखि साहित्यतर्फ ‘शक्ति पुरस्कार’ प्रदान गर्दै आएको छ । संस्थाले सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने छात्र÷छात्रालाई पनि पुरस्कृत गरेको अध्यक्ष रोशनले जानकारी दिनुभयो ।