७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

समाप्त भएर बस्ने अनुमति मेरो अन्तरआत्माले दिएन: कमल थापा

समाप्त भएर बस्ने अनुमति मेरो अन्तरआत्माले दिएन: कमल थापा
अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले आफ्नो राजनीतिक जीवनमा मकवानपुरको शिर निहुरिने गरेर कुनै पनि नराम्रो काम नगरेको स्पष्ट पारेका छन् । बिहिबारगृह जिल्ला मकवानपुरको हेटौंडामा भएको राप्रपा नेपाल,मकवानपुरको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले मकवानपुरले आफुलाई धेरैनै माया गरेको बताए ।

‘मकवानपुरका दाजुभाई तथा दिदिबहिनिहरु । तपाईहरुले तपाईहरुले मलाई धेरै माया गर्नु भएको छ । मेरो राजनीतिक जीवनको उकाली ओरालीमा हरेक संकट र चुनौतीको घटमा तपाईहरुले मलाई अपार स्नेह माया र स्दभाव दिनुभएको छ । अध्यक्ष थापाले भने,चुनावमा हारजित आफ्नो ठाउँमा छ । तर मकवानपुरका दाजुभाई तथा दिदिबहिनिहरुको माया मैले जीवनभर बिर्सिन सक्दिन । चाय त्यो २०४७ सालको राजनीतिक परिर्वतनको बेलामा होस् । चाय त्यो ६३ सालको राजनीतिक परिर्वतन पछि होस् । मकवानपुरका पार्टीका साथिहरु,सहयोगी र शुभचिन्तकहरुबाट प्राप्त स्नेत,स्दभाव र सहयोगको निमित्त म सदैव आभारी छु ।’ उनले मकवानपुरबाट पाएको मायाले राजनीतिक जीवनमा आएको संकटबाट राजनीतिक जीवनबाट टाढिन नसकेको बताए ।

उनले आफु ५० वर्षदेखि राजनीतिक जीवनमा र ४ दशकदेखि राष्ट्रिय राजनीतिमा सक्रिय रहेको बताउँदै हालसम्म शिर ठाडो राखेर उभिन सक्नुमा मकवानपुरको अविचलित माया रहेको बताए ।

‘मेरो शक्तिको स्रोत,मेरो उर्जाको मुहान तपाईहरु हो । आजपनि हेर्नुहोस् त हनेक प्रतिकुलताका बाबजुत यहाँ प्रतिनिधिमुलक ढंगबाट उपस्थिति छ । म २०३८ सालको राष्ट्रिय पंचायतको चुनाव लड्दा म संगै मकवानपुरको उकाली ओराली घुम्ने झण्डै ८० वर्षको हुन लाग्नु भएका गगनबहादुर खड्का,गोविन्द गुरागाई लगाएतका साथिहरु पनि उपस्थिति हुनुहुन्छ । यसैगरि नयाँ पिडिका भर्खर १६÷१७ वर्ष पार गरेका भाइबहिनिहरु पनि यहाँ उपस्थिति हुनुहुन्छ । थापाले भने,अहिले कमल थापालाई गार्‍हो,साङरो परेको छ । कमल थापालाई आक्रमण गरिएको छ । घेराबन्दी गरिएको छ । यस्तो अवस्थामा हामीले सहयोग गर्नुपर्छ भन्ने भावना राखेर तपाईहरु यहाँ आउनु भएको छ । कमल थापालाई राजीतिक रुपमा प्रहार गरेर घाईते बनाईएको छ । यो अवस्थामा त्यो घाउमा नुनचुक छर्कने हैन,हामीले अलिकति भएपनि मलम लगाईदिनुपर्छ भन्ने असल मनसाय राखेर तपाईहरु आउनुभएको छ । तपाईहरु सबैलाई फेरि पनि धन्यावाद दिन चाहान्छु । ’

उनले मकवानपुरको दाजुभाइ दिदिबहिनिहरुको शिर निहुरिने गरेर कुनै खराब काम नगरेको बताए । उनले भनेः एक पैसा भ्रष्ट्राचार गरेको छैन् । कुनै अनैतिक र चरित्रहिन गतिविधिमा संलग्न छैन् । म तपाईहरुलाई विश्वास दिलाउन चाहान्छु कि बाँकी जीवन पनि तपाई शिर निहुरिन दिन्न । यही कारणले गर्दा खेरी आज राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा हामी स्वाभिमान पूर्वक बाच्न सकेका छौ । यदि नैतिकता कमजोर भएको भए,चरित्रहिन भएको भए,दुईचार पैसामा लोभ गरेको भए । तेत्रा ठूला ठूला राजनीतिक परिवर्तनका बाबुजुत पनि शिर ठाडो गरेर बस्न सक्ने अवस्था रहन्न । अहिले पनि हामीले कुनै अपराध गरेका छैनौ । बेमाईनी गरेका छैनौ,कसैलाई धोका दिएका छैनौ ।

अध्यक्ष थापाले आफुले गिताको कसम खाएर राप्रपा पार्टी फोरेर गएको भन्ने आरोप लागिरहेको बताए । उनले आफुले गिताको कसम खाएर कसम नतोडेको दाबी गरे ।

उनले राजेन्द्र लिङ्देनको राप्रपाबाट आफुमात्र अलगिएको बताए । उनले भनेः केही साथिहरुलाई कमल थापाले पार्टी फुटाउनु भो,नफुटाईदिएको भए बेस हुन्थो भन्ने लागेको रहेछ । कतिपयलाई सायद त्यो पनि लागेको होला । विगतमा पार्टी फुटाउदिन भनेर गिता छोयर कसम खानु भाथो । अहिले पार्टी फुटाईदिनु भो । गिताको कसम तोड्नु भयो । भन्ने पनि मनमा लागिरहेको मैले पाए । मैले पार्टी फुटाएको छैन् । करिब एक डेड महिना अगाडी यही सभा कक्षमा आएर मैले आफ्नो पिडा,दुःख तपाईहरु समक्ष व्यक्त गरे । र तपाईहरु सामुन्यमा मैले ३० वर्ष काम गरेको राप्रपाबाट एक्लै एक्लै याद राख्नुस् एक्लै अलग भएको घोषणा गरे । मैले कोहि साथि लिएर पार्टीबाट अलग भएको हैन् । मैले चाएको भए । विधान बमोजिम राप्रपालाई विभाजन गर्नको निमित्त आवश्यक पर्ने संख्याका केन्द्र्रीय सस्दस्यहरु हाम्रो साथमा थिए । गएको महाधिवेशनमा ८० प्रतिशत हामीसंग सम्बन्धीत केन्द्रीय सदस्यहरुले चुनाव जितेका छन् । हामीले चायको भए कानून बमोजिमनै दुई वटा पार्टीलाई अलग गर्न सक्थ्यौ । केही साथिहरुले मलाई सल्लाह पनि दिएका थिए । मैले भने मैले पार्टी फुटाउन सक्दिन,मिल्दैन् । मैले गिताको कसम खाएको छु,त्यो कसम म तोड्न सक्दिन । पार्टी फुटाएको भए अलिधेरै साथिहरु आउनुहुन्थ्यो होला । पार्टी फुटाएको भए मैले रगतपसिना बगाएर बनाएको काठमाण्डौको पार्टीको विशाल घरमा हाम्रो पनि अंश लाग्थो । तर मैले पार्टीबाट अलग हुँदा यौटा कुर्सी पनि लगेको छैन् । मैले आफैले आफ्नै पैसाले किनेर कुर्सीहरु राखेको छु । यौटा टालो पनि लगेको छैन् । कानून बमोजिम पार्टी हामीले फुटाएका छैनौ । तर पार्टी सैद्धान्तिक विचलनमा गएपछि त्यहाँ गलत प्रवृतिहरुको हाबी भएपछि,त्यहाँ निरन्तर हाम्रो अपमान गरिएपछि र हामीलाई निकाल्नेसम्मको षडयन्त्र हुनलागेपछि । त्यो कुनामा मैले पार्टी फुटाउदिन भनेर कसम खाएको छु भनेर सधैको निमित्त समाप्त भएर बस्ने अनुमति मेरो अन्तरआत्माले दिएन ।

उनले गितामा भगवान कृष्णले अर्जुनलाई अन्याय संग सम्झौता नगर,गलन प्रवृतिसंग सम्झौता नगर,युद्ध गर,धनुष वाण उठाउ,म तिम्रो साथमा छु भनेको पटकपटक स्मरण गर्दै त्यसको पालना गर्दै राप्रपाबाट अलग भएको बताए । उनले पार्टीको महाधिवेशनमा पूर्व राजा ज्ञानेन्द्र शाहले ठाडो नाङ्गो हस्तक्षेप गरेको र पार्टीलाई त्यसबारे छानबिन गर्न पटक(पटक निवेदन गर्दा पनि सुनवाई नभएपछि आफु राप्रपाबाट अलग हुनुपरेको दुखेसो पोखे ।

उनले महाधिवेशनमा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले लोकतन्त्र माथिनै खतराको संकेत देखिएको भन्दै अबको राप्रपा नेपालले राजतन्त्र पुनः स्थापनाको मुद्धा नबाक्ने बताए । उनले अबको राप्रपा नेपालले सबै धर्मलाई समेट्दै हिन्दु राष्ट्र पुनः स्थापनाको लागि अभियान सुरु गर्ने समेत बताउनु भयो ।