२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैँ पर्वमा बन्दीप्रत्यक्षीकरणसहित अतिआवश्यक मुद्दाको सुनुवाइ हुने



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले दसैँ पर्वका अवसरमा बन्दीप्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दाको मात्र पेसी तोकी सुनुवाइ गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको पूर्ण बैठकले (फुलकोर्ट) दसैँका बिदामा अतिआवश्यक अवस्थामा बन्दीप्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने विषयमा न्यायाधीशको नाम तय गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले कुरा गर्दै भन्नुभयो, “फूलकोर्टको बैठकले दसैँ बिदामा बन्दीप्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दामा न्यायाधीशहरुको नाम तोक्ने निर्णय गरेको छ ।”

यही असोज २१ गतेदेखि आगामी कात्तिक ३ गते कोजाग्रत पूर्णिका दिनसम्म सर्वोच्चसहित देशभरका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । सो अविधमा बन्दीप्रत्यक्षीकरणसहित र तत्काल सुनुवाइ गर्नुपर्ने विषयमा भने सुनुवाइ हुनेछ ।