१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कस्तो रहला आजको मौसम ?



अ+ अ-

काठमाडौं ।  जल तथा मौसम पूर्वानुमान महाशाखा हाल भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। 

महाशाखाले जारि गरेको बुलेटिनका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थान र  बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । यस्तै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।