२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्छौँ : उपाध्यक्ष पौडेल



अ+ अ-

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले विकासको नेतृत्व गरेका कारण आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्ने दाबी गर्नुभएको छ ।

अन्य राजनीतिक दलबीचको गठबन्धनले कुनै असर नपार्ने भन्दै उहाँले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले ६० प्रतिशत जित हासिल गर्ने जिकिर गर्नुभयो । प्रेस चौतारी रुपन्देहीले आज रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको सम्मान कार्यक्रममा नेता पौडेलले अहिले पनि राष्ट्रिय राजनीतिको नेता एमाले नै भएको दाबी गर्नुभयो ।

पौडेलले समृद्धि, विकास र सामाजिक न्यायका लागि एमालेको स्पष्ट दृष्टिकोण रहेको बताउँदै पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई आमसञ्चार माध्यममार्फत जनतामा ल्याउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

प्रेस चौतारी केन्द्रीय सचिव प्रदीप आचार्यले देशको समृद्धिलाई ध्यानमा राखेर सक्रियताका साथ कलम चलाउन आग्रह गर्नुभयो । प्रेस चौतारीको केन्द्रीय समिति र प्रदेश समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।