१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा प्रहरी प्रधान कार्यालयमा जाँदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा प्रहरी प्रधान कार्यालय नक्साल जाने भएका छन् ।  ६६ औं प्रहरी दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री त्यहाँ जान लागेका हुन् । 

कोभिड–१९ संक्रमणका कारण थोरै अतिथिहरूको सहभागितामा नेपाल प्रहरीले प्रहरी दिवस मनाउने तयारी गरेको छ । कार्यक्रम स्थलमा सामाजिक दुरी लगायत स्वास्थ्य प्रोटोकल पूर्ण पालना गरेर प्रहरी दिवस मुल समारोहको तयारी गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताए ।