१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुंगो लगाउन माओवादी केन्द्रले दिउसो १ बजे बैठक बोलाएको हो । 

बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने स्थायी कमिटी सदस्य गणेश साह बताए । माओवादी केन्द्रले यसअघि पनि मन्त्रीको टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिइएकाले आज पनि सोही निर्णय कायमै रहन सक्ने साहले बताए । 

माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ भने अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउने छ ।