१८ आश्विन २०८१, शुक्रबार
,
Latest
अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वैट्टैयन’ को ट्रेलर रिलिज, ७३ वर्षको उमेरमा एक्सन गर्दै रजनीकान्त दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंबाट सुर्खेत गएको बुद्ध एअरको जहाज नेपालगञ्ज डाइभर्ट गरियो



फाईल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एअरको जहाज नेपालगञ्ज डाइभर्ट गरिएको छ। बुधबार बिहान त्रिभुवन विमानस्थलबाट सुर्खेका लागि यु ४-१३३  फ्लाइट नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको हो । 

सवा ९ मा सुर्खेत पुगेको जहाज मौसम सामान्य नहुँदा आकाशमै ३ फन्को लगाएको थियो।  भेरी नदीमाथि कुहिरो लागेपछि जहाज अवतरण गराउन नसकिएको बुद्ध एअर सुर्खेतका प्रमुख नरबहादुर बस्नेतले जानकारी दिए

जहाजमा ४६ जना यात्रु सवार छन्। ४ जना चालक दलका सदस्य रहेको उनले बताए।