३० जेष्ठ २०८३, शनिबार
,
Latest
पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’ आँपको सुगन्ध र लिचीको मिठास- फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेद्वारा निर्वाचनका लागि प्रतिबद्धता–पत्र तयारी भर्चुअल कार्यशाला आयोजना



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता–पत्र तयारी भर्चुअल कार्यशाला आयोजना गरेको छ ।

सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरूले गरेका गौरवपूर्ण कामहरू लिएर जनतामा जान निर्देशन दिनुभयो ।

एमाले एक पार्टी र अरु सबै एक पार्टी भएकाले कुनै दुविधाविना निर्वाचनमा होमिन पनि उहाँले निर्देशन दिनुभयो ।

प्रतिबद्धता–पत्र मस्यौदा समितिका संयोजक तथा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिबद्धता–पत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पार्नुभयो भने मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धता–पत्रका बारेमा विस्तृत रूपमा व्याख्या गर्नुभयो ।

कार्यक्रममा स्थायी कमिटीका सदस्यहरू, प्रदेश कमिटी र जिल्ला कमिटीका पदधिकारीहरू र पार्टीका तर्फबाट निर्वाचित पालिका प्रमुखहरू सहभागी हुनुहुन्छ ।

उहाँहरुले पार्टीबाट गरिएका अपेक्षाहरू राख्नुभएको थियो ।