२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरआँगनमै अजिंगर देखिएपछि…



अ+ अ-

कञ्चनपुर । दोधरा चाँदनी नगरपालिका–१ भूमिराजटोलबाट सशस्त्र प्रहरीले मंगलवार आठ फिट लामो अजिङ्गरको उद्धार गरेको छ । स्थानीय बासिन्दाको घरआँगनमै अजिंगर देखेपछि सशस्त्र प्रहरीलाई खबर गरेका हुन् ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बयलबन्दबाट खटिएको टोलीले अजिङ्गरको जीवितै उद्धार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेन्जर कविराज बोहराको जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए । 

उद्धार गरिएको अजिङ्गरलाई निकुञ्जको सुरक्षित क्षेत्रमा छाडिएको छ ।