१८ आश्विन २०८१, शुक्रबार
,
Latest
दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कंनुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरआँगनमै अजिंगर देखिएपछि…



अ+ अ-

कञ्चनपुर । दोधरा चाँदनी नगरपालिका–१ भूमिराजटोलबाट सशस्त्र प्रहरीले मंगलवार आठ फिट लामो अजिङ्गरको उद्धार गरेको छ । स्थानीय बासिन्दाको घरआँगनमै अजिंगर देखेपछि सशस्त्र प्रहरीलाई खबर गरेका हुन् ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बयलबन्दबाट खटिएको टोलीले अजिङ्गरको जीवितै उद्धार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेन्जर कविराज बोहराको जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए । 

उद्धार गरिएको अजिङ्गरलाई निकुञ्जको सुरक्षित क्षेत्रमा छाडिएको छ ।