२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

किशोर गुरुङको गोरक्ष संरक्षण अभियान राप्रपामा समाहित



अ+ अ-

काठमाडौँ । किशोर गुरुङ नेतृत्वको गोरक्षा संरक्षण अभियान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समाहित भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा आयोजित एक कार्यक्रममा सो अभियानलाई राप्रपामा समाहित गरेका हुन् ।

यसअघि ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ राप्रपामा समाहित भएको थियो । यसैबीच राप्रपाले राष्ट्रिय युवा मोर्चाको नेतृत्व हेरफेर गरेको छ । नेतृत्वसहित पार्टीको सम्पूर्ण सुरक्षा हेर्नका लागि गठन गरिएको सो मोर्चाको अध्यक्षमा काठमाडौँका सुरज पाण्डेलाई जिम्मेबारी दिइएको छ ।

यसअघि सो मोर्चाका अध्यक्ष रहेका केदार धमला पार्टीको काठमाडौँ महानगर समितिको अध्यक्ष बनेकाले मोर्चाको नेतृत्व परिवर्तनका लागि आग्रह गरिएको थियो । पार्टीले मोर्चालाई आवश्यक कार्ययोजना बनाएर पेश गर्न निर्देशन दिइएको छ ।

राप्रपाले यही चैत २५ गते काठमाडौँमा स्थानीय तहको निर्वाचनालाई केन्द्रीत गरेर आमसभा गर्ने भएको छ । सो आमसभालाई पार्टीको शक्ति प्रदर्शनका रुपमा तयारी गरिरहेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए ।