३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

छैटौँ भक्तपुर व्यापार मेला चैत २४ गतेदेखि



अ+ अ-

भक्तपुर । छैटौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन व्यापार मेला यही चैत २४ गतेदेखि सुरु हुने भएको छ । भक्तपुरको औद्योगिक, सांस्कृतिक एवं पर्यटकीय प्रवद्र्धनका लागि सल्लाघारीस्थित तीनकुनेको १०८ रोपनी क्षेत्रफलमा उक्त मेला आयोजना गर्न लागिएको हो ।

नयाँ वर्षको अवसरमा आयोजना गर्न लागिएको उक्त मेला वैशाख ४ गतेसम्म चल्नेछ । औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाइज ब्याण्डको संयुक्त आयोजनामा उक्त मेला आयोजना हुनेछ । उक्त मेलामा दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ताचप्पल, कृषि तथा हस्तकलाका सामाग्रीको प्रदर्शनी रहनेछ । साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, ग्रामीण प्रविधि, अटोमोबाइल्स, विद्युतीय कृषि औजारको प्रदर्शनीसमेत हुनेछ ।

मेलामा सहभागीको मनोरञ्जनका लागि राष्ट्रिय कलाकारको प्रस्तुतिको कार्यक्रमसमेत राखिएको छ । उक्त प्रस्तुतिअन्तर्गत फेसन ¥याप तथा नृत्य, हास्यव्यङ्ग्य एवं गीतसङ्गीतका कार्यक्रम आयोजना गरिने मेलाका संयोजक दीपक थापाको भनाइ छ ।

त्यस्तै बालबालिकाका लागि एशियाकै उत्कृष्ट बाल उद्यानको व्यवस्था गरिएको छ । जसमा रोटी पिङ, रेनजर, मारुती सर्कस, ड्रागन ब्रेक डान्स रहनेछन् । उक्त मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारको समेत प्रदर्शनी तथा बिक्री हुनेछ ।

सो मेलामा करिब २०० स्टल रहने आयोजकले जनाएको छ । मेलाका लागि स्टल राख्न चाहनेले स्टलको साइजअनुसार रु छ हजारदेखि १९ हजार ५०० सम्म तिरेर स्टल बुकिङ गर्न सक्नेछन् । अधिकांश स्टल लगभग बुकिङ भइसकेको मेला आयोजक समितिका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो ।

मेलामा सहभागी हुनका लागि रु ५० शुल्क लाग्नेछ । विद्यार्थीका लागि भने टिकटमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । मेलामा बिक्री तथा बुकिङ गरिने सामानमा २० देखि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । उक्त मेलामा तीन लाखभन्दा धेरै अवलोकनकर्ताको सहभागिता रहने र रु आठ करोडभन्दा बढीको व्यापार गर्ने लक्ष्य आयोजको छ ।