२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिवक्ता दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ ।

एन्फाको मंगलबार बसेको २० औं विशेष साधारण सभाले दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो ।

यस्तै, साधारण सभाले बिष्णु लुइँटेलको संयोजकत्वमा निर्वाचन पुनरावेदन समिति गठन गरेको छ ।

आजकै सभाले निर्वाचनमा सहभागी उम्मेदवारको मनोनयन शुल्क समेत तोकेको छ ।

अध्यक्षको उम्मेदवारका लागि १५ हजार, उपाध्यक्षको लागि १० हजार र सदस्यका लागि ५ हजार शुल्क तोकिएको छ ।

साधारण सभाले खेलाडी संघका अध्यक्ष राजेश मानन्धर, महिला संघका अध्यक्ष वृन्दा देवान र संखुवासभा जिल्ला फुटबल संघका प्रतिनिधि गौरिमान राईलाई निरिक्षकमा नियुक्त गरेको छ ।

एन्फाको निर्वाचन आगामी वर्षको जेठ १५ गते हुने तय भइसकेको छ ।




भर्खरै