३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिवक्ता दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ ।

एन्फाको मंगलबार बसेको २० औं विशेष साधारण सभाले दवाडीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको हो ।

यस्तै, साधारण सभाले बिष्णु लुइँटेलको संयोजकत्वमा निर्वाचन पुनरावेदन समिति गठन गरेको छ ।

आजकै सभाले निर्वाचनमा सहभागी उम्मेदवारको मनोनयन शुल्क समेत तोकेको छ ।

अध्यक्षको उम्मेदवारका लागि १५ हजार, उपाध्यक्षको लागि १० हजार र सदस्यका लागि ५ हजार शुल्क तोकिएको छ ।

साधारण सभाले खेलाडी संघका अध्यक्ष राजेश मानन्धर, महिला संघका अध्यक्ष वृन्दा देवान र संखुवासभा जिल्ला फुटबल संघका प्रतिनिधि गौरिमान राईलाई निरिक्षकमा नियुक्त गरेको छ ।

एन्फाको निर्वाचन आगामी वर्षको जेठ १५ गते हुने तय भइसकेको छ ।