५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेँसीसहर–चामे सडकखण्ड आजदेखि सञ्चालन



Chame sadak-manang
अ+ अ-

मनाङ । लमजुङ र मनाङ जोड्ने डुम्रे–बेँसीसहर–चामे सडकखण्ड आजदेखि सञ्चालनमा ल्याइएको छ । सडक निर्माण लागि गत फागुन २० देखि बन्द रहेको सडक २५ दिनपछि आज पूर्णरुपमा खुलाइएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । सडकखण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कलभर्ट निर्माण गरिएको छ । कलभर्टको ढलान पूर्णरुपमा ‘सेट’ नभएका कारण गत फागुन २० गतेदेखि सडक बन्द थियो ।

पैदल यात्रुबाहेक सवारी साधनका लागि सडक बन्द गरिएको थियो । जिल्लाको नासो गाउँपालिका–९ स्थित तिमाङ छहराको दुई ठाउँमा कलभर्ट निर्माण गरिएको छ । यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो । पछि पुनः काठेपुल राखेर यातायात सञ्चालनमा गरिएकामा गत कात्तिकमा आएको बाढी पहिराले काठेपुलसमेत बगाएको थियो ।

त्यसपछि राखिएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्ल्याब कलभर्ट निर्माण गरिएको हो । रासस