२५ भाद्र २०८३, बिहीबार
,
Latest
यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेशियाद्वारा पिएनजी पराजित



अ+ अ-

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला अन्तर्गत मंगलबार भएको खेलमा पपुवा न्यु गिनी (पिएनजी) मलेशियासँग ८ रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा मलेसियाले ८ रनले पराजित गर्दा अन्तर्राष्ट्रिय शृखंलामा विजयी सुरुआत पनि गरेको छ । पिएनजीले भने लगातार दोस्रो हार ब्यहोरेको छ । पहिलो खेलमा पीएनजी नेपालसँग १५ रनले पराजित भएको थियो ।

मलेसियाले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.३ बलमा सबै विकेट गुमाएर मात्र १ सय ७२ रन जोड्न सक्यो । पीएनजीका लागि टोनी उराले ५६ रनको अर्धशतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त भएन । यस्तै नोर्मान भानुवाले ४५ रन बनाए । सिमोन अटाइले १५ रन जोड्दा असाद भाला ११ रनमा आउट भए । मलेसियाका लागि शर्भिन मुनियाण्डीले ४ विकेट लिए । यस्तै मुहमद वाफिक र विरन्दिप सिंहले ३÷३ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८० रनको योगफल जोडेको थियो । मलेसियाका दुई ब्याट्स म्यानले अर्धशतकीय इनिङ्स खेले । स्कोरबोर्डमा १२ रन छँदा पहिलो विकेट गुमाएको मलेसियाका विरन्दिप सिंह र कप्तान अहमद फैजले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गर्दै मलेसियाको इनिङ सम्हालेका थिए ।

यसबाहेक, विरन्दिपले तेस्रो विकेटका लागि सेद अजिजसँग तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए । मलेसियाका ओपनर विरन्दिपले अविजित ५९ रन बनाए । यस्तै, फैजले ५६ रन बनाउँदा अजिज ४७ रनमा पभेलियन फर्किए । पिएनजीका नोर्मान भानुआले दुई विकेट र नोसैन पोकनाले एक विकेट लिए ।

जितसँगै मलेशियाले पनि तालिकामा २ अंक जोडेको छ । यस अघि पिएनजीसँग १५ रनको जित निकालेको नेपालको समान दुई अंक छ । मलेसियाले अब बुधबार घरेलु टोली नेपालविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।