५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा प्रवक्ता श्रेष्ठको पूर्व अध्यक्ष थापालाई ६ प्रश्न



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट बाहिरिएर राप्रपा नेपाल प्रवेश गर्दै त्यसका अध्यक्ष बन्नु भएका कमल थापालाई राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले एकजना खेलाडीले खेलको नियम नमान्दैमा सम्पूर्ण खेलको औचित्य कसरी सकिन्छ भन्दै प्रश्न गर्नुभएको छ ।

श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभएको छ –

आदरणीय कमल थापाज्यू , हामीलाई दुई दशक भन्दा बढी समयदेखी राजसंस्थाको औचित्य , आवश्यकता र अपरिहार्यताको बारेमा प्रशिक्षित गर्नुभएको तपाई गणतन्त्रवादी हुनु भएको हो र ? यदि हो भने हामीलाई बर्षौंदेखी पढाएको पाठ्यक्रम गलत थियो भनेर आत्मलोचना गर्न सक्नुहुन्छ ? होईन भने तीन महिनामा त्यस्तो के उल्कापात भयो र राजसंस्स्थाको पुन स्थापनाको सम्भाबना सकियो ? महाधिवेशनमा नेपालमा राजसस्थाको आवश्यकता र सान्दर्भिकता बारे तपाईले नै कार्यपत्र पेश गर्नुभएको होईन ? तपाईको कार्यपत्रलाई झण्डै ४५०० महाधिवेशन प्रतिनिधिले सर्वसम्मत पारित गरेको होईन ? एक जना खेलाडीले खेलको नियम नमान्दैमा सम्पूर्ण खेलको ओचत्य कसरी सकिन्छ ? आफ्र नरहे पृथ्वी ध्वस्त हुन्छ भन्ठानु महारोग कि दृष्टिदोष ?

हाल राप्रपा नेपालका अध्यक्ष रहनु भएका थापाले राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङदेनसंग पराजीत भएपछि नेपालमा राजसंस्थाको औचित्य माथी प्रश्न उठाउदै राजसंस्था पुन: स्थापनाको औचित्य सकिएको बताउदै आउनु भएको छ ।