७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

काँग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने

काँग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने
अ+ अ-

काठमाडाैं । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने भएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकले गठबन्धनसँग सहकार्य गरेर नै स्थानीय तह निर्वाचनमा पार्टी सहभागी बन्ने निस्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहसँग बोल्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अधिकांश सदस्यहरुले गठबन्धन गरेर जानुपर्ने सुझाव दिएको र सोहीअनुसार मंगलबार बस्ने केन्द्रिय समितिको बैठकले प्रस्ताव पास गर्ने बताउनु भयो । उहाँले आज सबै केन्द्रिय सदस्यहरुले आफ्नो भनाइ राखिसकेको र बैठकमा पार्टीलाई बलियो बनाउने भन्ने बारेमा छलफल भएको बताउनु भयो । प्रवक्ता महतले बैठकमा ‘घर घर जाऔँ, नेपाली काँग्रेस जिताऔँ’ अभियानको मूल्यांकन भएको समेत बताउनु भयो । उहाँले बैठकमा कतिपय सदस्यहरुले गठबन्धन नगरीकन काँग्रेस निर्वाचनमा जानुपर्ने धारणा राखेकोसमेत प्रवक्ता महतले बताउनु भयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘छलफल आज टुंगिएको छ । भोलि तीन बजेको बैठकमा हामी निर्णय गर्छौं । बोल्ने क्रम आज समाप्त भएको छ । बोल्ने सिलसिलामा पार्टीलाई कसरी मजबुत बनाउने स्थानीय निकायको निर्वाचनमा । सँगै यो समग्र समिक्षा, घर घर जाऔँ, नेपाली काँग्रेस जिताऔँ अभियानको मूल्यांकन भयो ।

साथीहरु विभिन्न जिल्लामा खट्नुभएको थियो । उहाँहरुको सुझाव र प्रतिवेदनमाथि पनि छलफल भयो । पार्टीको यथार्थ स्थितिको पनि समग्रमा मूल्यांकन भयो । देशमा जुन गठबन्धनको सरकार छ, विशिष्ट परिस्थितिमा जुन गठबन्धन सरकार बनेको छ, लोकतान्त्रिक मूल्य र मान्यता, संवैधानिक मर्यादाहरुलाई कमजोर गर्ने काम जुन ओली सरकारबाट भयो, त्यो परिस्थितिमा यो गठबन्धन बनेको हो । त्यसैले अधिकांश साथीहरुले केन्द्रिय समितिको बैठकमा आवश्यक्ताको आधारमा, सिद्धान्तमा तालमेल, गठबन्धन गरेर जाँदा पार्टी बलियो हुने र आउने संसदीय निर्वाचनमा पनि पार्टीले जित्ने परिस्थिति निर्माण हुनसक्ने यो किसिमको सल्लाह, सुझाव धेरै साथीहरुले दिनुभयो ।

कतिपय साथीहरुको मत गठबन्धन नगरीकन एक्लै पार्टी गएर पार्टीलाई परीक्षणमा राख्नुपर्छ, परिचय गर्नुपर्छ भन्ने आएको थियो । यसै सल्लाह सुझावका आधारमा प्रश्ताव तयार हुन्छ र भोलि तीन बजे केन्द्रिय समितिको बैठक बसेर हामीले निर्णय गर्नेछौँ । भोलि सैद्धान्तिक निर्णयसहित प्रश्ताव पास हुन्छ ।’

प्रवक्ता महतले पार्टीको अर्को केन्द्रिय समिति बैठक भोलि (मंगलबार) अपरान्ह ३ बजे बस्ने र केन्द्रिय समितिका सदस्यहरुको धारणाअनुसार नै सैद्धान्तिक निर्णयसहित प्रस्ताव पास हुने बताउनु भयो ।