७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

राप्रपा नेपाल बलियो शक्तिको रुपमा स्थापित हुनेछ – कमल थापा (भिडियोसहित)

राप्रपा नेपाल बलियो शक्तिको रुपमा स्थापित हुनेछ – कमल थापा (भिडियोसहित)
अ+ अ-

वीरगञ्ज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी दिनमा आफ्नो पार्टी एउटा बलियो शक्तिको रुपमा स्थापित हुने दावी गर्नु भएको छ ।

चौरानब्बे प्रतिशतभन्दा बढि नागरिकहरु हिन्दु राष्ट्रको पक्षमा रहेकाले आफ्नो पार्टी आगामी दिनमा बलियो शक्तिको रुपमा स्थागित हुने उहाँको तर्क छ । स्थानीय तह निर्वाचनको तयारी भईरहँदा अध्यक्ष थापाले विगतमा आफ्नो पार्टीले लिएको हिन्दु राष्ट्र बनाउने अडानमा बहुसंख्यक जनताले ऐक्यवद्धता जनाएको उल्लेख गर्दै अव एउटा बलियो शक्ति बनेर उदाउने बताउनु भयो । सोमबार बीरगंजका स्थानीय सञ्चारकर्मीहरुमाझ उहाँले जनताले मन नपराएको राजसंस्थाको एजेण्डालाई आफ्नो पार्टीले छोडेको पनि स्पष्ट पार्नु भयो ।

राजसंस्थाको एजेण्डालाई छाडेपछि आफ्नो पार्टीलाई नागरिक समाज, बुद्धिजीवि र आमसञ्चार माध्यामहरुले पनि सकारात्मक रुपमा लिने उहाँको विश्वास थियो । अध्यक्ष थापाले आफू लोकतन्त्र, हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेन्डा लिएर जनतामा जाने पनि दोहो¥याउनु भयो । उहाँले भन्नु भयो, ‘आगामी दिनमा राप्रपा नेपाल लोकतन्त्र, हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेन्डा बोकेर जनताको माझमा जाँदैछ । र, मलाई पूरा विश्वास छ कि ९४ प्रतिशत सनातन हिन्दु राष्ट्रप्रति आस्था राख्ने ओमकार परिवारप्रति प्रतिवद्ध भएको कारणले गर्दाखेरी अव आगामी दिनमा राप्रपा नेपाल एउटा बलियो शक्तिको रुपमा स्थापित हुन सक्दछ ।

विगतमा हामीले हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा सँगसँगै लिएर जाँदा बहुसंख्यक जनताले हिन्दु राष्ट्रको पक्षमा ऐक्यवद्धता जनाएपनि सँगसँगै राजसंस्थाको एजेण्डापनि गाँसिएर आएको हुँदा तपाईहरुलाई सहयोग गर्न हामी सक्दैनौं भनेर भन्नु हुन्थ्यो । र, अहिले अव त्यो अवस्थाको अन्त्य भएको छ । र, नयाँ परिवर्तित सन्दर्भमा राप्रपा नेपालको नयाँ सोच र मार्गचित्रलाई नागरिक समाज, बुद्धिजीवि वर्ग र आमसञ्चार माध्यामबाट पनि सकारात्मक रुपमा ग्रहण गर्नु हुनेछ भन्ने हामीले आशा र विश्वास लिएका छौं । हामी कहिल्यै पनि हिन्दु राष्ट्रको एजेण्डालाई छाडेका छैनौं ।’

अध्यक्ष थापाले पश्चिमा मुलुकहरुको दवावका कारण संविधानमा हिन्दु राष्ट्र हटाएर धर्म निरपेक्षता भन्ने प्रावधान राखिएको दावी समेत गर्नु भयो ।